Incident Reports

Woman Files Complaint at Police Accusing Husband of Bigamy

2013-04-27

काठमाडौँ । वैशाख १५ गते नुवाकोट सुन्दरदेवी गाविस-२ घर भई हाल काठमाडौँ मनपा-२१ बस्ने ४२ वर्षीय राजकुमार पाठकले सोही ठाउँ बस्ने ४२ वर्षीया निर्मला पौडेलसँग दोश्रो विवाह गरेको भन्दै महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा जाहेरी परेको छ । आरोपित राजकुमारलाई महिला हिंसा ऐन २०६६ बमोजिम कानूनी कारबाही गरी पाउँ भनी उनकी पत्नी ३७ वर्षीया बिमला पाठकले ०७० वैशाख १३ गते उक्त जाहेरी दिएकी हुन् । राजकुमारलाई अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । यसैगरी, पत्नी कुटपिट गर्ने भारत घरभई हाल काठमाडौँ मनपा-२० भिमसेनस्थान बस्ने ४० वर्षीय आशिक शेषविरुद्ध उनी पत्नी ४० वर्षीया सीता शेषले महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटिमा जाहेरी दिएकी छिन् । जाहेरीमा आरोपित आशिकलाई महिला हिंसा ऐन २०६६ अन्तर्गत कानूनी कारबाहीको माग पीडितले गरेकी छिन् । पतिले आफु र छोरालाई खानलाउन नदिने र अपशव्द बोली कुटपिट गर्ने गरेको पीडित सीताले बताइन् । उनीहरूको १८ वर्षपहिला प्रेम विवाह भएको थियो । आरोपित आशिक प्रहरीको अनुसन्धानमा रहेको सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । Kathmandu/April 27 Kalpana Rai, 29, of Bokse in Gaighat in Udaypur and currently living in Kapan VDC has filed a complaint at Women and Children Service Centre (WCSC), Kalimati accusing her husband Tilak Bahadur Khatri, 30, of second marriage. According to Rai, Khatri had got married to Sarita Pariyar, 29, of Handigaon in Kathmandu Metropolis-5. The complaint filed on April 27 has demanded action against Khatri as per the Domestic Violence Act. Inspector Sushila Pradhan of the WCSC informed that Khatri was in police custody and they were investigating the claim.

0 Comments

Related Reports
Related Trend Analysis