Incident Reports

No translation available.

2013-04-27

Province 1, Morang, Dhanpalthan

मोरङ । वैशाख १४ गते सोरभाग गाविस-२ की ३७ वर्षीया उर्मिला पासवानलाई उनका देवर २४ वर्षीय कञ्चन पासवानले घरायसी विवादका क्रममा टाउकोमा बाल्टिन प्रहार गरी ०७० वैशाख १४ गते गम्भीर घाइते बनाएका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका असई रमेश नेपालका अनुसार पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा १० टाँका लगाइएको अस्पतालका प्रशासकीय अधिकृत नवराज लम्सालले बताए । प्रहरीका अनुसार, पीडितका पति वैदेशिक रोजगारमा गएका छन् । घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका कञ्चनले भाउजूको टाउकोमा टिनको बाल्टिनले प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनालगत्तै आरोपित फरार रहेका छन् । दीपेन नेउपाने Morang/April 27 Urmila Paswan, 37, of Sorbhag VDC-2 has been seriously injured when assaulted by her brother-in-law, Kanchan Paswan, 24, on April 27. She was hit with a bucket in the head during some domestic dispute when Kanchan was in inebriated condition. Rangeli Area Police Office’s ASI Ramesh Nepal said that Urmila was undergoing treatment at Koshi Zonal Hospital in Biratnagar. She had needed 10 stitches, the hospistal administrator Nabaraj Lamsal informed. Urmila’s husband is abroad for employment. Accused Kanchan remains absconding. Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis