Incident Reports

अज्ञात समूहद्वारा मध्यरातमा बस्तीमाथि डोजर, करिब सय जना घरबारबिहीन l

2013-04-27

रुपन्देही । वैशाख १४ गते बुटवल नपा ७ स्थित पुरानो बसपार्क अगाडिको सडक किनारमा रहेका घरटहरामाथि मध्यरातमा डोजर चलाइएको छ । अज्ञात व्यक्तिहरूको एक समूहले ०७० वैशाख १४ गते बिहान २ बजेतिर घरमा सुतिरहेका व्यक्तिहरूलाई बाहिर निकाली जर्बजस्ती घरटहरामाथि डोजर लगाएर भत्काएका थिए । राति दुई घण्टासम्म भएको उक्त घटनामा त्यस क्षेत्रका ११ ओटा घरटहरा पूर्णरुपमा नष्ट भएका छन् । ध्वस्त भएका ठाउँबाट पीडितहरूले वैशाख १४ गते दिउँसोसम्म पनि सामानहरू उठाइरहेका थिए । उनीहरूले घटनामा करिब एक करोड बराबरको क्षति पुगेको बताएका छन् । प्रहरीले घटनामा प्रयोग गरिएका स्काइभेटर (डोजर) लाई नियन्त्रणमा लिएको बताएको छ । घटनास्थलमा अबेरसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । जग्गाको स्वामित्वको विषयलाई लिएर त्यहाँ पटकपटक तनाव उत्पन्न हुँदै आएको थियो । रातको समयमा तीन ओटा स्काभेटरसहित आएका करिब २ सयभन्दा बढी युवाहरूको समूहले हतियार देखाउँदै घरटहराहरू भत्काएको पीडितहरूले बताएका छन् । घरभित्र रहेकालाई जबरजस्ती बाहिर निकालेर जर्बजस्ती घर-टहरामाथि डोजर लगाइएको उनीहरूको गुनासो छ । स्थानीय थानेश्वर थापाले जग्गाधनी पुर्जा आफ्नो नाममा रहेको दाबी गर्दै सो जग्गामा रहेका घरटहरालाई हटन आग्रह गर्दै आएको बताइएको छ । तर त्यहा रहेका घरटहरावालाहरूले पनि वर्षौंदेखि आफूहरूले नै भोगचलन गर्दै आएकाले जग्गा आफूहरूको नै रहेको दाबी गर्दै आएका थिए । यही विवाद साम्य नभएका बेला बस्तीमाथि नै डोजर लगाएको हो । त्यहाको करिब साढे ४ धुर जग्गा थानेश्वरको नाममा लालपुर्जा रहेको बताइएको छ । रातको समयमा आपराधिक किसिमले घरटहरा भत्काउँदासमेत प्रहरी समयमा नआएको पीडित तुल्सी रानाले बताइन् । आधा घण्टापछि प्रहरी घटनास्थलमा आए पनि उल्टै आफूहरूलाई नै लखेटेको उनले बताइन् । आफूहरू घरबारबिहीन भएको उनले गुनासो गरिन् । त्यहाँ ११ ओटा घरटहरामा करिब १० परिवार बसोबास गर्दै आएको रानाले बताइन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी राजकुमार बैदवारले घटना भएको थाहा पाएपछि ५/६ मिनेटमै घटनास्थलमा आएको र अनुसन्धान तीव्र बनाइएको बताए । आक्रोसित समूहले ०७० वैशाख १४ गते बिहानदेखि ११ बजेसम्म राजमार्ग बन्द गराएका थिए । उनीहरूले दोषीलाई कारबाही र घटनाको निश्पक्ष छानबिनका लागि प्रहरीसमक्ष माग गर्दै बन्द गराएका हुन् । घरटहरा भत्काउनका लागि प्रयोग गरिएका दुई ओटा स्काभेटरहरू प्रहरीको नियन्त्रणमा छन् । अर्को एउटा स्काभेटर भने प्रहरीले फेला पार्न सकेको छैन । स्काभेटरलाई आक्रोशित बनेका पीडितहरूले तोडफोड गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ । प्रहरीले लु १ ख ६४१ नं. को जेबिसि स्काभेटरका पोषराज अधिकारी, अन्य दुई जना चालक तथा एक जना सहचालकलाई नियन्त्रणमा लिएको बताएको छ । घटनाको निश्पक्ष छानबिन हुने प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । उनले घटनास्थलको अवलोकन गरी निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाइने बताए । अमृत गिरी Rupandehi/April 27 Over 10 houses at Nepalgunj Road in Butwal have been demolished by the unidentified group of people using bulldozers at around 2 am on April 27. Police said it is yet to be ascertained the identity of the people who flattened the houses. Local people said some youths came along with two bulldozers and started pulling down the houses after forcing the sleeping people out of those houses. Police said they have held the bulldozers used in the action but the people overseeing the destruction managed to flee. The land ownership was being contested by one Sthaneshwar Thapa. It is reported that Thapa had been approaching police, claiming that the land on which the houses were built belongs to him. It is said that Thapa has land ownership certificate for about 4.5 dhurs of the land of the settlement. The people residing in the plot have been refusing the leave the place saying they had been residing there for years. One of the residents of the settlement, Tulasi Rana complained that the police failed to arrive on time as they were being rendered homeless in the middle of the night. Saying that they had arrived at the scene within five minutes of being tipped off, DSP Raj Kumar Baidawar said that police, in coordination with the District Administration Office and the Butwal Municipality, are investigating into the matter. Meanwhile, local people staged demonstrations in the area to protest the incident in the morning of April 27 and also disrupted vehicular movements along the East West Highway. Amrit Giri

0 Comments

Related Reports
Related Trend Analysis