Incident Reports

Man Arrested On Charge of Attempted Rape

2013-04-29

Madhes, Saptari, Hanumannagar Kankalini

सप्तरी । वैशाख १३ गते एक २२ वर्षीया महिलालाई बलात्कारको प्रयास गर्ने वैरवा गाविस-५ का ४५ वर्षीय रामफल यादवलाई प्रहरीले ०७० वैशाख १३ गते गिरफ्तार गरेको छ । बलात्कारको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट गएको प्रहरी टोलीले यादवलाई वैशाख १३ गते बिहान गिरफ्तार गरेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । आरोपितले ०७० वैशाख १३ गते विहान ७ बजे भारदह गाविस-१ स्थित केरा बगानमा बलात्कारको प्रयास गर्दा घाँस काट्ने हँसियाले प्रतिकार गरेको र आरोपितको निधारमा सामान्य चोट लागेको पीडितले बताइन् । आरोपितविरुद्ध जबरजस्तीकरणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप समेत गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लक्ष्मणबहादुर खड्काले बताए । मनोहरकुमार पोखरेल Saptari/April 26 Ramphal Yadav, 45, of Bairawa VDC-5 has been arrested on April 26 on charge of attempting to rape a woman. Yadav was arrested by a police team heading from Kanchanpur Area Police Office in the morning, DSP Shyam Singh Chaudhary informed. Yadav allegedly tried to rape the woman at a banana plantation in Bhardah VDC-1 in the morning of April 26. She managed to resist him after hit him with a sickle. APO Kanchanpur’s Inspector Laxman Bahadur Khadka said that a judicial remand of seven days had been granted by the court. Manohar Kumar Pokharel

0 Comments

Related Reports
Related Trend Analysis