Incident Reports

Woman Files Complaint against Husband

2013-04-26

अर्घाखाँची । वैशाख १३ गते नुवाकोट गाविस-१ लम्चि निवासी सम्झना पाण्डे रिजाललाई उनका पति २६ वर्षीय प्रेम पाण्डेले कुटपिट गर्ने गालीगलौज गरेको भन्दै पत्निले ०६९ वैशाख १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छिन् । उनका श्रीमानले बेला बेलामा कुटपिट गरेको आफूलाई घरमा नबस् भन्ने त जहाँ गए पनि जा मैलै अर्को विवाह गर्छु मेरो घरमा नबस् मलाई श्रीमान भनेर सिन्दुर सिन्दुर लगाउनु पर्दैन भनेर पटक पटक दुर्व्यवहार गर्नै गरेको भन्दै पति विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको पीडित महिलाले बताइन् । आफूले न्याय पाउनुपर्ने र पतिलाइ कानुनी कारबाही हुनपर्ने र आफूले पढ्दा लागेको खर्चसमेत नदिएको र खर्चसमेत उपलब्ध गराउनुपर्ने भन्दै घरेलु हिंसाअन्तर्गत अदालतमा मुद्दा आएको जिल्ला अदालतमा दर्ता गरिएको जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए । नारायण भुसाल Arghakhanchi/April 26 Samjhana Pandey Rijal of Lamchi in Nuwakot VDC-1 has filed a case against her husband, Prem Pandey, in District Court on April 25 accusing him of mentally torturing her. She said in her plea that he beat her up repeatedly and told her to leave home so that he could marry another woman. Demanding justice and action against husband, she filed the case at the court under Domestic Violence Act. Narayan Bhusal

0 Comments

Related Reports
Related Trend Analysis