Incident Reports

Woman Killed By Unidentified Group

2013-04-24

Madhes, Dhanusha, Duhabi

धनुषा । वैशाख १३ गते एकराही गाविस-८ की ३० वर्षीय रिजवाना खातुनको वैशाख ११ गते दिउसो खरिहानी गाविस-६ स्थित सिमराढीको नहरछेउमा अज्ञात व्यक्तिहरूले धारिलो हतियार घाँटीमा प्रहार गरी हत्या गरेको छ । घाँटी काटी विभत्स हत्या गरी फालिएको अवस्थामा वैशाख ११ गते बेलुका लास फेला परेको इलाका प्रहरी कार्यालय सबैलाको इन्सपेक्टर रुपक खड्काले बताए । घरबाट ०७० वैशाख ११ गते नै दाईलाई भेट्न माइत गइरहेकी रिजवानालाई बाटो मै हत्या गरि फालिएको पीडितपक्षले जानकारी दियो । मृतक रिजवानाको पति वैदेशिक रोजगारीमा छन् । लासको जनकपुर अञ्चल अस्पतालमा वैशाख १२ पोष्टमामार्टम गराई माइतीपक्षलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयको इन्सपेक्टर दीपेन्द्र पँजियार बताए । घटनामा संलग्नहरुको खोजी कार्य तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विनोदकुमार रविदास Dhanusha/ April 26 Rizwana Khatun, 30, of Ekrahi VDC-8 has been murdered by an unidentified group on April 24 near the canal of Simaradhi in Kharihani VDC-8. Her body was found with throat slit by a sharp weapon neck by the police on April 24, Inspector Rup Khadka informed. The victim’s family said that she had left home to meet her brother adding her husband was abroad for work. The postmortem of the body was performed at Janakpur Zonal Hospital on April 26 and was handed over to her family, Inspector Dipendra Panjiyar of District Police Office said. The investigation for the murderer was underway, the police claimed. Binod Kumar Rabidas

0 Comments

Related Reports
Related Trend Analysis