Incident Reports

Banda affects life in Tarai districts

2017-03-08

Nepal

A general strike called by the Samyukta Loktantrik Madhesi Morcha (SLMM) in protest of the Saptari incident affected life in various Tarai districts for the second consecutive day on Wednesday. Market places and educational institutions remained closed, while transportation came to a halt in Saptari, Morang, Siraha, Dhanusha, Rautahat, Bara, Parsa, Nawalparasi, Banke, among other districts, due to the banda. The banda enforcers took to the streets since early morning in Rajbiraj, the district headquarters of Saptari. The SLMM and the local administration held a meeting on Wednesday about the Maleth clash. According to Acting Chief District Officer Prem Prasad Upadhyay, the Morcha representatives demanded that the government declare the deceased martyrs, provide compensation to the victims’ families and bear treatment expenses of those injured in the incident. The two sides have agreed to hold a meeting soon after the arrival of new CDO and receive the bodies, added Upadhyay. In Morang, the protesters took out a baton rally in Biratnagar, while staging demonstrations at Rangeli, Diyaniya, Katahari, among other places. Addressing a corner meet at Budhahatchowk, the SLMM leaders denounced the killings in Saptari. In Janakpur, the SLMM supporters took out a baton rally that later converged into a corner meet at Janakchowk. Supporters of the Baburam Bhattarai-led Naya Shakti Nepal also attended the rally. In Nawalparasi, the protesters vandalised two trucks for defying the banda. Meanwhile, the SLMM activists smeared soot on two UML leaders in Kalaiya, Bara. They blackened the face of UML party office secretary Shankar Bhattarai and Kalaiya municipal committee member Ram Ekbal Patel at Kalaiya Chowk. सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ ओटै जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ। बन्दले ग्रामीण जनजीवनलाई खासै असर गरेको नदेखिए पनि ती जिल्लाका सहर, बजार र राजमार्गहरुमा पूर्णरुपमा परेको जिल्लास्थित नागरिक सम्वाददाताहरुले जनाएका छन्। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधनहरु, बजार, पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्थालगायत सबै गतिविधि ठप्प बनेका छन्। राससका अनुसार बन्दकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन्। राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादविरूद्ध चर्का नाराबाजीसमेत गरेका थिए। यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति एमाले सांसद रञ्जुकुमारी झाको राजविराज– ९ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरेका छन्। तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ्याल ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। बन्दकर्ताले राजविराज– ५ स्थित नेकपा एमाले पार्टी कार्यालयमा रहेको पार्टीको झन्डा झिकेर जलाएका छन्। त्यसैगरी स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ्याल र ढोकामा क्षति पुगेको छ। त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज– ४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी सामान्य क्षति पुर्याएको प्रहरीले बताएके छ। उदयपुरस्थित नागरिक सम्बाददाता महेश्वर चामलिङ राईका अनुसार एमालेको मेची–महाकाली अभियानको क्रममा सप्तरीमा आफ्ना ४ जना कार्यकर्ता मारिएको विरोधमा मोर्चामा आवद्ध संघीय समाजबादी फोरम नेपालका, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभाना पार्टी गजेन्द्रबादीका कार्यकर्ताले गाइघाटमा बिहान १०ः०० देखि १२ः०० बजेसम्म २ घण्टा चक्का जाम गरेक छन् । मोर्चाका नेताहरुको समूह गाईघाट–जलजले खण्डको आदिबासी चोक र गाईघाट–असारी खण्डको बिपी चोकनजिकै लालीगुराँस स्कुलनेर दुईठाउँमा सडकमा बसेर यातायात आउजाउ ठप्प पारेका थिए । १२ः०० बजेपछि चक्काजाम हटेसँगै यातायात सुचारु भएको नगर प्रहरी त्रियुगाले जनाएको छ । धनुषास्थित नागरिक सम्बाददाता सुरेश यादवका अनुसार मोर्चाले धनुषामा बिहानैदेखि प्रदर्शन जारी राखेको छ। जनकपुरमा मोर्चाका कार्यकर्ताहरुले आधा दर्जन टोली बनाएर बन्दलाई सशक्त बनाइरहेका छन्। बिहान संयुक्त रुपमा जुलुस निकालेर बन्दको शुरु गरेका थिए । बन्दका कारण बुधबार पनि महोत्तरीवासीको जनजीवन कष्टकर महोत्तरी सम्बाददाता महेशकुमार दासले जनाएका छन्। बुधबार बिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरमा मधेसी मोर्चाका कार्यकर्ता ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। र्मोचाका नेता कार्यकर्ताहरुले बुधबार जिल्लाको मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, औरहीलगायत बजार क्षेत्रमा पनि बजार पूर्णरुपमा बन्द गरि चौक चौकमा टायर बालेर विरोध गरेका छन्। मधेसी मोर्चाको बर्दिवास बजार पनि बुधबार दुई घण्टाको लागि बन्द गराएको थियो । राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता कार्यकर्ताले जुलुस निकालेर प्रर्दशन गरेपछि बर्दिवास बजार बन्द हुन पुगेको थियो । रामसपा नेता कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा वर्दिवासमा दुई घण्टा चक्का जाम समेत गरेका थिए । विरोधपछि काठमाडौंबाट बनेपा–सिन्धुलीहुँदै तराई झर्ने यातायातका साधन बर्दिवास नपुगेर गौरीडाँडामै रोकिएको प्रहरीले जनाएको छ । पर्साको वीरगन्जमा व्यापारी र मधेशी मोर्चाका नेताकार्यकर्ताबीच झडप भएको नागरिक सम्बाददाता रितेश त्रिपाठीले जनाएका छन् । मोर्चाका कार्यकर्ताले बजार बन्द गराउने क्रममा झडप भएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments