Cadres of Federal Alliance vandalized a motorcycle bearing plate number Lu6Pa4148 in Jahadi chowk of of Kapilbastu today for defying the bandh enforced by the Alliance.
Central Member of Sadbhawana Party Ravidatta Mishra said that Ambulances, vehicles of diplomatic missions and journalists would not be obstructed during the bandh.
Cadres of the Federal Alliance have been staging demonstration, burning tyres in different places of the district.
बन्दको अवज्ञा गरेको भन्दै संघीय गठबन्धनका कार्यकर्ताले कपिलबस्तुमा एउटा मोटरसाइकल तोडफोड गरेका छन् । बन्द गराउँदै हिँडेका गठबन्धनका कार्यकर्ताले कपिलवस्तुको जहदी चोकमा लु ६ प ४१४८ नम्बरको मोटरसाकल तोडफोड गरेका हुन् ।
कपिलबस्तुमा बन्दकर्ताहरुले पत्रकार, एम्बुलेन्स र कुटनीतिक नियोगका सवारीसाधन समेत चल्न दिने सदभावाना पार्टीका केन्द्रीय सदस्य रबीदत्त मिश्र बताए ।
बिहानैदेखि गठबन्धनका कार्यकर्ताले कपिलबस्तुको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, कृष्णनगर, जहदी, धनकौली, बहादुरगन्ज, खरेन्द्रपुर, चन्द्रौटा, जवाभारीलगायतका मुख्य बजार पूर्ण रुपमा बन्द छ ।