Incident Reports

थारुको बन्दले जनजीवन प्रभावित

2017-03-10

थारु कल्याणकारिणी सभाले आयोजना गरेको बन्दको कारण बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ । संविधान संशोधन नगरी एकपक्षीयरुपमा स्थानीय तहको निर्वाचन घोषणा गरिएको विरोधमा शुक्रबार जिल्ला बन्दको आह्वान गर्दै मधेस बन्दलाई सभाले समर्थन गरेको थियो । बन्दले जिल्लाको सुनवलदेखि गैंडाकोटसम्मको क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन चल्न सकेका छैनन् । सवारी ठप्प हुँदा यात्रुहरु पैदलै हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । विद्यालय, बजार तथा कलकारखाना बन्द रहेको छ । नवलपुर क्षेत्रमा बिहान छोटा दूरीका सवारी चले पनि थारु कल्याणकारीका समर्थक पूर्व-पश्चिम राजमार्गअन्तर्गत डण्डामा राजमार्गमा आएर प्रदर्शनमा उत्रिएपछि यातायात समेत ठप्प बनेको छ । बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै बा १६ च ६६९ नम्बरको जीप तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments

Related Reports