Incident Reports

Clash between youths in Bara

2017-02-02

Madhes, Bara, Parwanipur, Ward 3

There has been a clash between the youths of Patelnagar tol of Birgunj, Parsa and youths of Lipnimal of Bara on Thursday at Lipnimal chainpur chowk. The clash happened when the group from Patelnagar, Bara was going for immersion of statue of god in the Shrisiya river when the youths of lipnimal requested the group not to use the way of their village. Sonu Patel, Suman Patel, Rambahadur Patel, Nawalkishor Patel and Pradip Patel of Patelnagar has been injured in the clash. बारा, लिपनीमाल चैनपुर चोकमा मूर्ति सेलाउन जाने क्रममा बिहीवार दुई गाउँका युवाहरूबीच कुटाकुट भएको छ । वीरगंज–२४, पटेलनगरटोलका युवाहरूको समूहलाई बारा, लिपनीमाल–९ चैनपुरका युवाहरूले नराम्ररीसँग कुटपिट गरेका छन् । कुटपिटमा परी पटेलनगरका सोनु पटेल, सुमन पटेल, रामबहादुर पटेल, नवलकिशोर पटेल र प्रदीप पटेल गरी पाँचजना गम्भीर घाइते भएका छन् । घाइते पाँचजनामध्ये नवलकिशोरको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ भने बाँकी चारजनाको गण्डकस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सोनु पटेलको टाउकोमा चोट लागेको छ र उनको आइसियुमा उपचार भइरहेको परिवारजनले बताएका छन् । त्यसैगरी, रामबहादुरको घाँटी र छाती, सुमन पटेलको टाउको, नवलकिशोरको टाउको, प्रदीपको दायाँ हातको औंला भाँचिएको छ । पटेलनगरका युवाहरू परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रनजिकको श्रीसिया नदीमा मूर्ति सेलाउन चैनपुर–लिपनीमाल गाउँ हुँदै जानेक्रममा चैनपुरका युवाहरूले आफ्नो गाउँ भई नजान आग्रह गरेका थिए । तर पटेलनगरका युवाहरूले सो कुरा नमानेपछि दुई गाउँका युवाहरूबीच झडप भएको इलाका प्रहरी कार्यालय, जीतपुरले जनाएको छ । कुटपिट गर्नेहरूमा लिपनीमाल वडा नं. ९ का रामपुकार पटेल, सन्दीप पटेल, शक्ति महतो कम्कर, श्यामपुकार पटेल, राजन साह कानूलगायत रहेको उजुरीमा उल्लेख छ । घाइतेका परिवारजनले आवश्यक कारबाईको लागि इलाका प्रहरी कार्यालय, जीतपुरमा निवेदन दिएको घाइते पक्ष्का अभिभावक वीरकिशोरप्रसाद कुर्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 5
Youth Injured 5
Local Newspaper - Parsa

0 Comments