Incident Reports

Press Chautari Expresses Concern over Attack Attempt on Basnet

2013-04-27

Kathmandu/April 29 Press Chautari Nepal has expressed concern over the attack attempt on the editor of Rajdhani daily and central advisor of Press Chautari Nepal Ganesh Basnet on April 27. Issuing a press statement, Press Chautari called for protection of right of the media persons to movement without obstruction. The press body also demanded that the police administration find the culprit and bring them to justice. An unidentified group had tried to hit the motorcycle that Basnet was riding thrice while he was returning home from office. Basnet said that he was able to save himself by taking the motorcycle to the footpath. Basnet has filed a complaint at the Metropolitan Police Sector on April 28. DSP Chakra Bahadur Singh of the Metropolitan Police range Hanumandhoka said the culprits had not been confirmed and that search for them was underway. Vivek Dhungana काठमाडौँ । वैशाख १६ गते प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार तथा राजधानी दैनिक पत्रिकाका समाचार सम्पादक गणेश बस्नेतमाथि वैशाख १४ गते राती भएको आक्रमण प्रयासप्रति प्रेस चौतारी नेपालले विज्ञप्ति प्रकाशन गरी ध्यानाकर्षण भएको जनाएको छ । घटनाका बारे सत्यतथ्य पत्ता लगाई सञ्चारकर्मी निर्वाधरुपमा आवतजावत गर्ने अधिकारको रक्षा गर्न प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ, जारी विज्ञप्तिमा भनिएको छ । साथै, घटनाको दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष समेत चौतारीले माग गरेको छ । बस्नेत राजधानी दैनिक पत्रिकाको काम सकेर घर फर्कने क्रममा बा.८ ख. ४७०६ नम्बरको व्यक्तिगत कारले थापाथलीमा बस्नेतलाई पिछा गरी तीन पटक सम्म आक्रमण प्रयास गरेको थियो । मोटरसाईकल पेटीमाथि चढाएर मात्र आफू बचेको सम्पादक बस्नेतले बताए । बस्नेतले घटनाको बारेमा महानगरीय प्रहरी प्रभाग सिंहदरवारमा ०७० वैशाख १५ गते जाहेरी दिएका छन् । घटनाको बास्तविक दोषी हालसम्म पत्ता लागिनसकेको तर अनुसन्धान कार्य जारी रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता तथा डिएसपी चक्र बहादुर सिंहले बताए । विवेक ढुंगाना

0 Comments