Cadres of Samyukta Lokatantrik Madhesi Morcha (SLMM) burned an effigy of CPN UML leader KP Oli in Taulihawa on Monday. The Morcha cadres demonstrated before the District Administration Office chanted slogan against UML and torched effigy of the party's leader. They have demanded the resolution of issues of Madhesi people by passing the statute amendment proposal registered in the parliament.
Calling the Saptari incident a "massacre of Madhesi people by the state" the SLMM leaders vowed to continue their agitation until the amendment proposal was passed.
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलवस्तुको तौलिहवामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
सोमबार मोर्चाका नेता कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि एमाले विरुद्ध नारावाजी गर्दै ओलीको पुत्ला दहन गरेका हुन् ।
संविधान संशोधन मार्फत तराई मधेशका मुद्धाहरु संवोधन हुनु पर्ने उनीहरुले माग गरेका छन् ।
सो अवसरमा सप्तरी घटना राज्य पक्षबाट मधेसी जनतामाथि गरिएको नरसंहार भएको भन्दै मोर्चाका नेता कार्यकर्ताले संविधान संशोधन नहुन्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।