Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै तोडफोड

2017-03-10

बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरुले एउटा जीपमा तोडफोड गरेका छन्| पश्चिमबाट आउँदै गरेको बा १६ च ६६९ नम्बरको जीपमा तोडफोड भएको छ । जीपको शिसा फुटेको प्रत्यक्षदर्शीले जनाएका छन् । बन्द गराउन कावासोती-१६ डण्डामा थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । उनीहरुले पूर्वपश्चिमबाट आएका सवारी साधनलाई डण्डामै राखेका छन् । संघिय मोर्चाले गरेको नेपाल बन्दको समर्थन गर्दै थारु कल्याणकारिणी सभाले बन्द गरेको हो । त्यसैगरी बन्दको प्रभाव परासी क्षेत्रमा पनि परेको थियो । बन्द शुक्रबार दिउँँसो ३ बजेबाट फिर्ता लिएसंगै नवलपरासीको नवलपुर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । त्यसैगरी बन्दको प्रभाव परासी क्षेत्रमा पनि परेको थियो । बन्द शुक्रबार दिउँसो ३ बजेबाट फिर्ता लिएसंगै नवलपरासीको नवलपुर क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।डण्डामा भएको कोण सभामा थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले सम्बोधन गरेका थिए । नवलपरासीको गैडाकोटमा बन्द गराउँदै हिड्ने चार जनालाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports