Incident Reports

गोली प्रहार गरी सासु बुहारीको हत्या

2017-03-17

Province 1, Morang, Katahari, Ward 2

” मोरङ कटहरी १ आदर्श टोलमा अज्ञात समूहरुले गोली प्रहार गरी सासु बुहारीको हत्या गरेको छ। उनीहरुको निधारमा गोली हानीएको प्रहरीले बताएको छ। सासु दीपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागाको अलग अलग कोठमा गोली प्रहार गरि हत्या भएको अवस्थामा शव भेटिएको छ। डागा परिवारले धानको व्यापार गर्दै आएको थियो। घरको दराज फोरिएको अवस्थामा रहेको जनाइएको छ। प्रहरीले घटनबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ। Update ----------- सासु-बुहारी हत्या प्रकरण : ‘हत्यारा आफ्नै भतिजा’ मोरङको कटहरी गाविसमा गोली प्रहारबाट सासु–बुहारीको हत्या घटनाको दुई हप्तापछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कटहरी–१ आदर्श टोल बस्ने ४४ वर्षकी गीता निरौला डाँगा र उनकी बुहारी २२ वर्षकी अस्मिता भट्टराई डाँगाको हत्याको आशंकामा विराटनगर–१२ का २६ वर्षका विष्णुकुमार डाँगालाई प्रहरीले पक्राउ गरेको हो । हत्यामा संलग्न भनिएका विष्णुकुमार गीता निरौला डाँगाको भतिजा पर्छन् । पक्राउ परेका डाँगाको साथबाट प्रहरीले बरामद गरेको एक म्यागजिनसहितको १ थान अमेरिकन पेस्तोल, मृतक अस्मिता र दीपाले प्रयोग गर्ने २ थान मोबाइल शुक्रबार पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । घटनाको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र मोरङ प्रहरीको संयुक्त टोलीले दुई हप्तासम्म गरेको अनुसन्धानबाट उनलाई पक्राउ गर्न सफल भएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताउनु भयो । पक्राउ परेका डाँगाले आफूले हत्या गरेको स्वीकार गरेको र उनलाई शुक्रबार नै अदालतबाट ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हत्याको कारण यसै हो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । निरौला इन्द्रचन्द्र डाँगाकी श्रीमती हुन् भने भट्टराई डाँगाको छोरा राम डाँगाकी श्रीमती हुन् । इन्द्रचन्द्र डाँगा र पक्राउ परेका विष्णु डाँगाको घनिष्ट सम्बन्ध रहेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट भने प्रहरीले ३ थान गोलीको खोका, फायर भएको बुलेट १ थान र दुई लाख ८४ हजार २ सय ४५ रुपैयाँ नगदसमेत बरामद गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 2
Female Killed 2
National/Online Media , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Siraha , Local Newspaper - Morang , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments

Related Reports