Cadres of UDMF padlocked the offices of Marchwarimai rural municipality, Kotahimai rural municipality and Shemarimai rural municipality on March 19. They have also removed the signboard from the three rural municipality offices.
Om Prakash Yadav Guljari, Vice-chairman of Sadbhawana Party, a member of UDMF said that they had padlocked the rural municipality offices as a protest against the government's decision to go ahead with local level election without resolving the constitution amendment proposal.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र सेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो ।
सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले बताए । उनले संविधान संशोधन नगरे मधेस क्षेत्रमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने चेतावनी समेत दिए ।
उनले अब मर्चवार क्षेत्रमा मात्र नभई जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गरिने बताए ।