Incident Reports

Gruesome Killing of a Man

2013-05-05

Madhes, Saptari, Khadak

Saptari/May 5 A man, around 50, has been slain by an unidentified group near the Chhapin river at Khojpur VDC-8. According to SI Diwakar Katwal of the Area Police Office Kalyanpur, body of the deceased was found buried under ground while his head was found 500 meters away at around 9 am on May 5. He said that the deceased was yet to be identified Eyes of the deceased have been taken out while his face has been crushed beyond recognition. Locals who had gone to collect grass had informed police after finding his body. Preparations are on to take the body to a well-equipped hospital after Sagarmatha Zonal Hospital said that post-mortem of the body could not be performed in the hospital. The District Police Office said that investigation was ongoing into the incident. Manohar Kumar Pokharel सप्तरी । वैशाख २२ गते खोजपुर गाविस-८ स्थित चापिन खोलाको डिलमा ५० वर्षजतिका एक पुरुषको अज्ञात व्यक्तिहरूले धारिलो हतियार घाँटीमा प्रहार गरी हत्या गरेको अवस्थामा ०७० वैशाख २२ गते लास फेला परेको छ । घाँटी काटी विभत्स हत्या गरी शरीर माटोमा गाडिएको र टाउको ५ सय मिटरको दुरीमा फालिएको अवस्थामा ०७० वैशाख २२ गते बिहान ९ बजे लास फेला परेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सई दिवाकर कटवालले बताए । सई कटवालले लासको सनाखत हुन नसकेको बताए । आँखा निकालिएको, धारिलो हतियारले टाउको अलग पारिएको, अनुहार किच्याएर नचिनिने भएको अवस्थामा लास फेला परेको थियो । बिहान घाँसदाउरा गर्न जाने व्यक्तिले लास देखेर प्रहरीमा खबर गरेका थिए । लासको सगरमाथा अञ्चल अस्पताल राजविराजमा पोष्टमार्टम हुन नसक्ने चिकित्सकहरूले बताएपछि अन्यत्र सुविधाजन्य अस्पतालमा लैजाने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis