Incident Reports

School Principal Accused of Rape

2013-05-04

Udaypur/May 4 A 20-year-old woman has accused O Six English Boarding School Tarakant Chaudhary, 25, has been accused of raping her. She filed an FIR against Chaudhary at District Police Office on May 4 making the charge. Chaudhary was arrested on May 4 and investigation has begun, DSP Lokendra Shrestha said. Police took the woman to District Hospital, Gaighat for treatment on May 4. The woman claimed that Chaudhary broke into her house and injected sedative before raping her. Police said the the claim of sedative was yet to be verified and they were trying to figure out the substance used as sedative. Chaudhary, who was in police custody, refused to comment on the charge. Kushalbabu Basnet उदयपुर । वैशाख २१ गते त्रियुगा नपा ११ जलजलेकी २० वर्षीया एक महिलाले छिमेकी स्थानीय ओ सिक्स अंग्रेजी बोर्डिङ्ग स्कुलका फाउन्डिड. प्रिन्सिपल २५ वर्षीय ताराकान्त चौधरीले ०७० वैशाख २० गते राति आफूलाई बलात्कार गरेको भन्दै २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी छिन् । प्रहरीले सोही जाहेरीका आधारमा २१ गतेनै आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरेको डिएसपी लोकेन्द्र श्रेष्ठले बताए । प्रहरीले पीडितको २१ गते नै जिल्ला अस्पताल गाईघाटमा स्वास्थ्य परीक्षण गराएको छ । आफ्नै घरमा सुतिरहेकी पीडितलाई आरोपितले २० गते राति ढोकाको आग्लो काटेर भित्र आई इन्जेक्सन लगाइदिएर बलात्कार गरेको ती महिलाले बताएकी छिन् । उक्त (इन्जेक्सन) मा कुन औषधी प्रयोग गरिएको थियो भन्ने पुष्टीहुन बाकी रहेपनि अनुसन्धान भइरहेको प्रहरीले जनायो । एक बच्चाकी आमा पीडितले होहल्ला गरेपछि आरोपितले छाडेर भागेको जाहेरीमा उल्लेख छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेका ती महिला घरका अन्य परिवारसँगै बच्चासँग सुतेकी पीडितलाई नजिकबाट चिनेका आरोपित चौधरीले बलात्कार गरेको प्रहरीले जनाएको छ । हिरासतमा रहेका चौधरीले भने तत्काल कुनै प्रतिकृया दिन मानेनन् । कुशलबाबु बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis