Incident Reports

Parsa man found dead

2017-03-27

Madhes, Rautahat, Brindaban

(Updated) A man was found dead in Bishrampur of Parsa district on Monday. The deceased has been identified as Anod Shah (35) of Bishrampur-6, said police. Locals had immediately called police after they noticed the body this morning. Police suspected that some fingers and other body parts were snatched away by some wild animals. Police are investigating into the case, said SP Govinda Shah of the District Police Office. Meanwhile, the body has been sent to the Birgunj-based Narayani Sub-Regional Hospital in the district for postmortem. बहोदरामाई गाउँपालिका साविकको बिश्रामपुर गाविसको कार्यालय नजिक एक युवकको लास फेला परेको छ । आगोले जलाएर अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा लास फेला परेको हो । बिश्रामपुरमा रहेको श्री भंगी साह उच्च माविको नजिकै पूर्व गाविस भवनको पश्चिम पट्टी गहुँबारीमा फेला परेको लास बिश्रामपुरकै २६ वर्षका अनुद साल कलवारको रहेको स्थानीय इब्राहिम देवानले बताउनुभएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । लास पोष्र्टमार्टमका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको देवानले बताउनु भयो । साह चैत ८ गते बजार जान्छु भनेर हिँडेपछि घर नफर्केको परिवारजनले बताएका छन् । हिजो आइतबार मात्रै साहका दाजुले जिल्ला प्रहरी कार्यालय पर्सामा भाइ बेपत्ता भएको बिषयमा जाहेरी दर्ता गराएका थिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । Update ------ हत्यापछि गाउँ सुनसान तरकारी किन्न नजिकको बजार गएका अनोद साह कलवारको अपहरणपछि हत्या भएपछि स्थानीय त्रसित छन् । पर्सा, बहुदरमाई गाउँपालिका १ का ३५ वर्षीय कलवारको हत्याले गाउँमा त्रास छ । हत्यारालाई पहिचान गरी कारबाही गर्न स्थानीयले जिल्ला प्रहरी कार्यालय गुहारेका छन् । निष्पक्ष अनुसन्धान गर्न उनीहरूले आग्रह गरे । अज्ञात समूहले अपहरणपछि कलवारको हत्या गरेका थिए । फरार भएकालाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्न स्थानीयले प्रहरीलाई दबाब दिएका छन् । गत चैत १५ गते बिहान विद्यार्थीहरू स्कुल जाने क्रममा गाउँ नजिकैको गहुँ खेतमा शव देखेर हल्ला गरेका थिए । श्री भङ्गी साह उच्च माध्यमिक विद्यालय तथा गाउँपालिका भवनको बीचमा रहेको गहुँ खेतमा कलवारको शव क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘युवकको हत्याले सबै डराएका छन्,’ स्थानीय विनोद रौनियारले भने, ‘साँझ परेपछि गाउँको बाटो कोही हिँड्दैनन् ।’ प्रहरी कार्यालयमा भेटिएका मृतकका दाइ बान्का प्रसादका अनुसार गत ८ गते साँझ करिब ५ बजेतिर भाइ तरकारी लिन साइकलमा केहुनिया बजार गएका थिए । ‘राति आठ बजेतिर भाइसँग फोनमा कुरा भएको थियो,’ भावुक हुँदै बान्काले भने, ‘दाइ, मलाई समाइसकेका छन्, यति भनेपछि फोन कट्यो ।’ वीरगन्ज उपमहानगरपालिका १३ स्थित रानीघाट बस्दै आएका बान्का भाइसँगको फोन वार्तालापपछि गाउँतर्फ लागे । भोलिपल्ट स्थानीय प्रहरी चौकीमा मौखिक जानकारी गराएको उनले बताए । ‘भाइ अपहरणमा परेको जानकारी समयमै प्रहरीलाई दिँदा पनि दु:खद् घटना बेहोर्नुपरेको छ,’ आक्रोशित हुँदै उनले भने, ‘कसरी सुरक्षित महसुस गर्नु ?’ अपहरणमा परेपछि जिल्ला प्रहरी कार्यालयमा उनले लिखित निवेदनसमेत दिएका थिए । अपहरणमा परेपछि अनदले गाउँ नजिकैको बहुअर्वास्थित सशस्त्र प्रहरी पोस्टका इन्चार्जलाई समेत फोन गरेको पाइएको छ । पोस्ट इन्चार्जलाई प्रहरीले सोधपुछका लागि झिकाएको थियो । ‘राति सुतेका बेलामा फोन आएकाले स्पष्ट नबुझिएको बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘थप अनुसन्धानका लागि आवश्यक परे फेरि बोलाउँछौँ ।’ शवको प्रकृति हेर्दा तेजाब खन्याई अनुहार पोलेको, हात र खुट्टाको मासु काटेको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक गोविन्दकुमार साहले छिट्टै हत्यारा पत्ता लाग्ने बताए । ‘केही व्यक्ति शंकाको घेरामा छन्,’ उनले भने, ‘हामी छिट्टै नियन्त्रणमा लिन्छौँ ।’ update..................................... अपहरण परेको छैठौं दिन शव फेला परेका अनोद साह कलवारको हत्या ३० किलो गाँजाका कारण भएको खुलेको छ । बहुदरमाई गाउँपालिका–१ विश्रामपुरका ३८ वर्षीय कलवारको गत चैत १४ गते गाउँकै गहुँ खेतमा शव फेला परेको थियो । चैत ८ गते गाउँ नजिकैको केहुनिया बजारबाट तरकारी किनेर साइकलमा घर फर्किने क्रममा उनको अपहरणपछि हत्या भएको थियो । प्रहरीले भारतसँग सीमा जोडिएको पर्साको सीमावर्ती धोरेबाट शनिबार बिगा राउत कुर्मीलाई नियन्त्रणमा लिएपछि उनको हत्याको रहस्य खुलेको हो । अनुसन्धान गर्ने क्रममा पक्राउ परेका कुर्मीले कलवारको हत्याको कारण गत पुसमा चोरी भएको ३० किलो गाँजा रहेको बयान प्रहरीलाई दिएका छन् । जिल्ला प्रहरीका डीएसपी चक्रराज जोशीका अनुसार कलवारको हत्यामा संलग्न रहेका मुख्य आरोपी पक्राउ परेका छैनन् । अन्य ४ जनाको खोजबिन भइरहेको छ । ३ महिनाअगाडि मृतक कलवार र गाउँकै त्रिभुवन साहमाथि गाँजा चोरीको आरोप लागेको थियो । ‘त्रिभुवनसँग गाँजा चोरीको विषयमा मिलापत्र भइसकेको थियो,’ बिगाको भनाइ उद्धृत गर्दै डीएसपी जोशीले भने, ‘अनोदले मिलापत्र गर्छु भनेर पनि नमानेकाले योजनाबद्ध तरिकाले हत्या गरिएको हो ।’ हत्या गर्नुभन्दा एक महिनाअगाडि पनि अनोदलाई बिगाको समूहले अपहरण गरी भारत लगेको थियो । ‘त्यहाँ मिलापत्र गर्छु भनेर सहमति गरेका अनोदले नेपाल फर्किएर अटेर गरेकाले पुन: अपहरण गरी हत्या गरेका रहेछन्,’ प्रवक्तासमेत रहेका डीएसपी जोशीले भने । दोस्रो पटक अपहरणमा परेको राति करिब ८ बजे अनोदको दाइ बान्कासँग फोनमा कुरा भएको थियो । ‘भाइ अपहरणमा परेको जानकारी समयमै प्रहरीलाई दिँदा पनि दु:खद घटना बेहोर्नुपरेको छ,’ बान्का भन्छन्, ‘कसरी सुरक्षित महसुस गर्नु ?’ अनोदले दाइलाई मात्र होइन गाउँ नजिकै रहेको बहुअर्वास्थित सशस्त्र प्रहरी पोस्टका इन्चार्जलाई समेत फोनमार्फत आफू अपहरणमा परेको जानकारी दिएका थिए । प्रहरीले सशस्त्रका पोस्ट इन्चार्जलाई एक दिन कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरी छाडेको थियो । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको अनुसन्धान टोलीले बिगालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार जिल्लाको अनुसन्धान टोलीले हत्याको कारण पत्ता लगाउन नसकेपछि क्षेत्रीय कार्यालयले टोली परिचालन गरेको थियो । हत्या अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको भन्दै गत साता गाउँले जिल्ला प्रहरी कार्यालयमा दबाब दिन आएका थिए । प्रहरी हिरासतमा रहेका बिगाले अनोदलाई अपहरणपछि गाउँको एक गोठमा हात/मुख बाँधेर २ दिनसम्म राखेको जनाएका छन् । ‘अपहरण गरेको तेस्रो दिन घाँटी बटारेर मार्‍यौं,’ उनको भनाइ उद्धृत गर्दै एक प्रहरी अधृकतले भने, ‘मारेर अर्को दुई दिन पनि त्यहीं राखेर पाँचौं दिन राति गहुँबारीमा फाले ।’ चैत १४ गते बिहान गहुँ खेत नजिकै रहेको श्री भंगी साह उच्च माविमा अध्ययनरत विद्यार्थीले शव देखेर हल्ला गरेका थिए । ‘हात र खुट्टाका औंला छिनाएको, शरीरका विभिन्न ठाउँमा मासु काटिएको वीभत्स अवस्थामा शव बरामद भएको थियो,’ अर्का डीएसपी यज्ञ भट्टराईले भने, ‘मार्नुअघि यातना दिएका रहेछन् ।’ हत्यापछि बिगालगायत उनको समूह सीमावर्ती भारतीय गाउँमा लुकेर बसेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments