Incident Reports

DSP Thrashes Police Constable

2013-05-07

Sarlahi/May 8 Police constable Ganesh Yadab, 30, of Pachorba VDC-1 in Bara has been seriously injured after DSP Uma Shankar Panjiyar of the District Police Office Sarlahi beat him on May 6 on charge of 'unnecessarily interrogating' his mother-in-law. Yadab had inquired about DSP's mother-in-law who had come to his service quarter in Malangawa. DSP Panjiyar had taken Yadab inside a room and thrashed him with help from other police constables saying that he had disrespected his mother-in-law. The victim was kept in custody the whole night and released later on May 7 morning after the incident became public. Yadab has sustained injuries to various parts of his body. He refused to comment on the incident. His family said that he was beating while performing his duty. SP Sharad Chand acknowledged the incident and said that he had asked the police constable to submit an appeal to him. Chief District Officer Ramadhin Yadab said that serious investigation was ongoing into the incident. Bidur Kumar Pyakurel सर्लाही । वैशाख २५ गते बाराको पचोर्वा गाविस १ घर भएका ३० वर्षीय प्रहरी जवान गणेश यादवलाई ०७० वैशाख २३ गते राति आफ्नी सासूलाई अनावश्यक रुपमा सोधपूछ गरेको आरोपमा सर्लाहीका डीएसपी उमाशंकर पञ्जियारले निर्घात रुपमा कुटपिट गरेका छन् । प्राप्त विवरण अनुसार सदरमुकाम मलंगवास्थित क्वाटरमा परिवारसहित बस्दै आएका डिएसपी पञ्जियारकी सासूलाई प्रहरी जवान यादवले नौलो मान्छे लागेर सोधपूछ गरेका थिए । त्यसपछि डिएसपी पञ्जियारले आफ्नी सासूको अपमान भएको भन्दै प्रहरी जवान यादवलाई कोठाभित्र लगेर आफू र केही प्रहरी जवान समेतको सहयोगमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । मोबाइल समेत खोसेर रातभरि हिरासत अर्थात् कोर्ट गार्डमा राखिएका प्रहरी जवानलाई घटना सार्वजनिक आएपछि वैशाख २४ गते बिहान मात्र छाडिएको थियो । प्रहरी जवान यादवको कुटपिटबाट टाउको लगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घटनाबारे यादवले केही बोल्न चाहेनन् । आफ्नो ड्यूटी पूरा गर्दा यादवले कुटाइ खानुपरेको उनका परिवारको गुनासो रहेको छ । एसपी शरद चन्दले पनि घटनाको पुष्टि गर्दै प्रहरी जवानलाई घटनाबारे आफूलाई निवेदन दिन भनेको जानकारी दिए । यस्तै प्रमुख जिल्ला अधिकारी रामाधिन यादवले पनि घटनाबारे आफूले गम्भीर रुपमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । विदुरकुमार प्याकुरेल

0 Comments

Related Reports
Related Trend Analysis