Incident Reports

Rape Accused Arrested

2013-05-07

Lalitpur/May 8 Police have arrested Dharma Raj Jamarkattel, 55, of Bidur Municipality-4 in Nuwakot on May 7 on charge of raping a 15-year-old girl of Nuwakot. Jamarkattel raped the girl after taking her to his rented room in Godhunga-4, Kathmandu from April 18 to April 30. According to the complaint filed by the victim's family at the Metropolitan Police Circle (MPC) Balaju on May, the girl was also raped in Nuwakot last time. The MPC said that Jamarkattel was sent to the District Police Office Nuwakot for further investigation. Ramesh Prasad Timalsina ललितपुर । वैशाख २५ गते नुवाकोटकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ गोलढुङ्गा ४ शेषमती डेरा गरी बस्ने नुवाकोट जिल्ला विदुर नगरपालिका ४ का ५५ वर्षीय धर्मराज जमरकटेललाई प्रहरीले ०७० वैशाख २४ गते पक्राउ गरेको छ । जमरकटेलले ती बालिकालाई काठमाडौँ घुमाउन ल्याई ०७० वैशाख ५ गतेदेखि १७ गतेसम्म उसकै डेरा कोठामा र अन्तिम पटक नुवाकोटको ढुङ्गे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्टहाउसमा लगेर बलात्कार गरेको भनी पीडित परिवारले ०७० वैशाख २३ गते महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले गोलढुङ्गा ४ शेषमतीमा रहेको जमरकटेलको डेराबाट पक्राउ गरी अन्य थप अनुसन्धान एवं कारवाहीको लागि ०७० वैशाख २४ गते नै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis