Incident Reports

Bomb Found in Exam Center

2013-05-09

Rupandehi/May 9 A pressure cooker bomb has been found in the Parroha Higher Secondary School in Murgiya of Parroha VDC-1 where examination of grade 12 is being held. The bomb found on May 9 morning has been defused by a bomb disposal team of Nepal army inside the school premises after seven hours. School guard Prem Bahadur Gharti had informed principal Bal Bahadur KC after he saw the bomb with five kilo capacity at the main gate of the school. A team of Area Police Office Saljhandi and Butwal had reached the site. The army team from Bhawani Baux Battalion in Butwal had delayed defusing of the bomb as it could obstruct the examination. The District Administration Office Rupandehi had run a mobile camp in the school to giver service provided by 10 government offices since four days. The camp also distributes citizenship and collects voters list. People from Parroha, Dhudraksha and Gajedi are availing the service from the camp. Locals and students were terrified following the finding of the bomb. Chief of APO Butwal Raj Kumar Baidbar said that the bomb might have been placed to terrorize and obstruct the mobile camp. No pamphlets of any groups were found in the site. Amrit Giri रुपन्देही । वैशाख २६ गते कक्षा १२ को परीक्षा चलिरहेको पर्र्रोहा गाविस १, मुर्गियास्थित पर्रोहा उमाविमा प्रेसर कुकर बम फेला परेको छ । वैशाख २६ गते बिहान भेटिएको उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सात घण्टापछि विद्यालय परिसरमै निश्क्रिय बनाएको छ । विद्यालयको मुख्य प्रवेशद्वारको चेनल गेटमा पाँच किलोको कुकर बम बिहान विद्यालयका पाले प्रेमबहादुर घर्तीले देखेपछि विद्यालयका प्राचार्य बलबहादुर केसीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय सालझण्डी र बुटवलको टोली घटनास्थलमा आएको थियो । केहीबेरमा बुटवलस्थित भवानी बक्स गणको सेनाको टोली आएपनि परीक्षा अवरुद्ध हुने भएकाले ढिलो गरी बम निश्क्रिय पारेको थियो । उक्त विद्यालयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न १० ओटा सरकारी कार्यालयको सेवा दिने गरी चार दिनदेखि घुम्ती शिविर चलाएको थियो । सोही घुम्ती शिविरमा नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलनका काम भइरहेका थिए । उक्त शिविरबाट पर्रोहा, दुधराक्ष र गजेडी गाविसका हजारौं सर्वसाधारणले सरकारी सेवादेही कार्यालयका काम लिएका थिए । बम राखिएपछि शिविरमा आएका सर्वसाधारण तथा परीक्षाका लागि आएका विद्यार्थीहरू आतंकित भएका थिए । सरकारी कार्यालयको घुम्ती शिविरलाई अवरुद्ध गराउन र आतंकित पार्ने उद्देश्यले बम राखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख राजकुमार बैदबारले बताए । बम राखिएको क्षेत्रमा कुनै पनि पर्चा र पम्लेटहरू फेला परेका छैनन् । विद्यालयमा बम भेटिएपछि पनि परीक्षा भने अवरुद्ध भएन् । बम रहेको नजिकैको भवनमा कक्षा १२ का तीन ओटा विषयको परीक्षा चलिरहेको थियो । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis