Incident Reports

Annapurnapost: CIAA arrest engineers with bribe

2017-04-09

Bagmati, Kathmandu, Kathmandu, Ward 31

A engineer with other 2 employees of Division Road Office Minbhawan has been arrested red handed by CIAA with a bribe amount of 2 Lakh twenty thousand. Engineer Nar Nath Paudel, Sub-engineer Manish Mahato has been arrested from Indreni Foodland, New Baneshwor in the time of taking bribe from P.K.Builders., Similarly, Account officer Chitra Bahadur K.C has been arrested from Katyayani, Mid Baneshwor with twenty thousand rupees. CIAA is further investigating in the case by taking all three accused in custody. डिभिजन सडक कार्यलय मिनभवनमा कार्यरत ईन्जिनियर नरनाथ पौडेल, सबईन्जिनियर मनिष महतो र लेखा अधिकृत चित्र बहादुर के.सी. शुक्रबार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। साँखु सडक मर्मत कार्यको लागि ठेकेदर संस्था पि.के.बि. निर्माण सेवाले टेन्डर प्राप्त गरी निर्धारित कार्य सम्पन्न भएको दुई महिना व्यतित भईसके पनि रनिङ विल पास गर्ने क्रममा दुई लाख २० हजार रुपैयाँ घुस रकम लिंदै गर्दा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। विल पास गर्न आलटाल गरी विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले उनीहरुमाथि निगरानी गरेको थियो। अख्तियार टोलीले ईन्जिनियर पौडेल र सव ईन्जिनियर महतोलाई दुई लाख बीस हजार रुपैयाँ घुस रकम लिंदै गर्दा बानेश्वरको इन्द्रेणी फुडल्याण्डबाट पक्राउ गरेको हो। लेखा अधिकृतके.सी.लाई पनि २० हजार रुपैयाँ घुस लिंदै गर्दा कात्यानी मार्ग बानेश्वरबाट नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ । तीनैजनालाई अख्तियार हिरासतमा लिई अनुसन्धान भइरहेको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis