Incident Reports

Man found dead inside sack

2017-04-10

Madhes, Bara, Mahagadhimai

A 55-year-old man was found dead in Bara inside a sack. The body was found in Mahagadimai Municipality-2, between Lakshmanwa and Maini villages. Locals informed police immediately after they found the body. It seemed like his head and face were cut using a sharp weapon. He was first wrapped in plastic and then kept in a sack. The man is yet to be identified. His body has been sent to District Hospital for postmortem examination. Police Inspector Kushwaha has stated that looking at the pattern of his blood loss, the killing must have happened in the morning. Previously, a dead body of a woman was found inside a sack on March 26. Police is currently undergoing investigation about the case. बारामा एक व्यक्तिकाे शव फेला परेकाे छ महागढीमाई नगरपालिका–२ स्थित लक्ष्मनवा र मैनी गाउँकोबीच बाटोमा मंगलवार बिहान अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो। सडकको छेउमै शव राखेको अवस्थामा बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। धारिलो हतियारले टाउँको र अनुहार काटेर हत्या गरी बोराभित्र राखेर सडककोबीचमै फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो। प्लाष्टिकमा बेरेर बोराभित्र शव हालिएको र वरपर रगत देखिएको कुशवाहाले बताउनुभयो। मारिएका व्यक्तिको पहिचान भने हुन सकेको छैन। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ। कुशवाहाका अनुसार रगत आलो देखिएकाले घटना बिहानको समयमा भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको कुशवाहाले जानकारी दिनुभयो। Update --------- हत्या अभियोगमा अाफ्नै श्रीमान र भार्इ सार्वजनिक पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेब बबिता कुमारी पण्डितको हत्यामा श्रीमान र आफ्नै काकाको छोराको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बबिताको हत्या अभियोगमा श्रीमान अमरेन्द्र कुमार पण्डित र मृतक बबिताकाे काकाको छोरा ज्ञानेन्द्र पण्डितलाई सार्वजनिक गरेको हो। चैत १३ गते बाराको प्रसौनी गाउपालिका ६ स्थित सिंगा खोलाको किनारमा प्लाष्टिकको बोराभित्र राखी फालिएको अवस्थामा बबिताको शव जिल्ला प्रहरी कार्यालय बाराले फेला पारेको थियो। फेला परेको शव स्वास्थ्य चौकी रामगढवामा कार्यरत रहेकी बविताको रहेको थाहा पाएपछि त्यसको अनुसन्धान गर्दा सर्लाही सिसौटका श्रीमान र मृतक बबिताको काकाको छोराको बबिताको हत्यामा संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएका पत्रकार सम्मेलनमा नारायणी अञ्चल वीरगन्जका बरिष्ठ प्रहरी उपरिक्षक सूर्य प्रसाद उपाध्यायले जानकारी गराएका छन्। लोक सेवा पास गरी बबिताले जागिर गर्न शुरु गरेपछि उनको श्रीमान अमरेन्द्रले अरु युवगसँग सम्बन्ध राखेको भन्दै जागिर छोड्न पहिलादेखि नै दवाब दिने गरेको उपाध्यायले पत्रकार सम्मेलनमा बताए। घटनाको अनुसन्धान गर्दै जाँदा डेढ वर्ष पहिलादेखि अमरेन्द्र र बबिता बीच दिनहुँ विवाद हुने गरेको र अमरेन्द्रले फोन सम्पर्क हुदा समेत विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज गर्ने गरेको खुलासा भएको बरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए । श्रीमान अमरेन्द्रबाट मानसिक र शारिरीक यातना हुने गरेको भन्दै असोज महिनामा बविताले पर्सा जिल्ला अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा गरेकी पत्रकार सम्मेलनमा प्रहरीका अधिकारीहरुले बताए । पर्सा जिल्ला अदालतमा बबिताले दिएकी सम्बन्ध विच्छेदको मुद्दामा गत पौष ११ गते पर्सा जिल्ला अदालतमा श्रीमान अमरेन्द्र पण्डितको सम्पूर्ण सम्पत्तिमा मृतक श्रीमतीको हक पुग्ने गरी मिलापत्रसमेत भएको उपाध्यायले बताए। अदालतबाट भएको मिलापत्रले श्रीमती बबिताले सम्पत्तिको आधी भाग लिई अर्कै युवासँग जाने शंकैशंकामा अमरेन्द्रले बविताको हत्या गराउने षडयन्त्र शुरु गरेका पत्रकार सम्मेलनमा उपाध्यायले बताए। श्रीमतीको हत्या गराउने योजना अमरेन्द्रले बनाएपछि हत्या गराउनको लागि बबिताको काकाको छोरो ज्ञानेन्द्रलाई नै दुई लाख रुपैयाँको प्रलोभनमा अमेन्द्रले ज्ञानेन्द्रलाई परिचालन गरेको प्रहरी अधिकारीहरुले बताएका छन्। श्रीमतीको हत्या गर्ने भएपछि अमरेन्द्रले ज्ञानेन्द्रलाई पेश्की स्वरुप मलंगवामा रहेको सेन्चुरी बैंकबाट वीरगन्ज शाखामा एक लाख रुपैंयाँ खातामा जम्मा गराएको बरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले पत्रकार सम्मेलनमा बताए । भाई ज्ञानेन्द्रले पूर्व योजना अनुसार आफनो जन्मदिन भनी वीरगन्जस्थित आफनो कोठामा बबितालाई बोलाई चैत्र १२ गते राती अन्दाजी साढे आठ बजेको समयमा कोठाभित्रै घाँटी थिची टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। लोक सेवा आयोग पास गरी रामगढवामा कार्यरत रहँदा बबिता वीरगन्ज भिस्वा टोलमा डेरा लिई बस्दै आएकी थिइन्। चैत्र १५ गते बविताको शव हो भनी यकिन भएपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा चैत्र २६ गते सर्लाही घर भएका उनका श्रीमान् र काकाको छोरा भाईलाई सर्लाहीबाट पक्राउ गरी सोधपुछ गर्दा पक्राउ परेका श्रीमान अमरेन्द्र र काकाको छोरा ज्ञानेन्द्रले हत्या गरीएको बारेमा प्रहरीलाई बयान दिएको बरिष्ठ उपरीक्षक उपाध्याले बताए । । हत्यामा संलग्न अन्य अभियुक्तहरुको खोज तलासका कार्य जारी रहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए बबिताले हत्या हुनुभन्दा चार दिनअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भनी निवेदन दिएता पनि उनलाई सुरक्षा दिन नसकेको प्रहरी उपरीक्षक उप्रेतीले पत्रकार सम्मेलमा बताए। मृतक बविताकुमारी पण्डितका श्रीमान अमरेन्द्र कुमार पण्डित जनता उच्च माध्यमिक विद्यालय रामवन सर्लाहीमा अंग्रेजी शिक्षक पदमा कार्यरत रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments