Incident Reports

School Principal Injured in an Attack

2013-05-09

Saptari/ May 10 Studies have been affected after the principal Surya Narayan Yadav, 52, of Ra Pra Pi, Dumari at Rajbiraj Municipality was attacked by the locals in the classroom on May 9. Yadav was accused of mishandling the scholarship money and the money provided for the construction of tube-well in the school. According to the principal, he was attacked inside the classroom by Devram Yadav, 50, Khelananda Yadav, 35, Govinda Yadav, 30 and Shyam Yadav, 28 of Rajbiraj Municipality-10. Injured Yadav was undergoing treatment at Gajendra Narayan Singh Sagarmatha Zonal Hospital, his son Nagendra Yadav informed. The accused who were involved in the incident are at large, however, the complaint was lodged against them, according to the police. Manohar Kumar Pokharel सप्तरी । वैशाख २७ गते राजविराज नपा-१० स्थित राप्रावि डुमरी शिवथानका प्रधानाध्यापक ५२ वर्षीय सूर्यनारायण यादवलाई स्थानीय व्यक्तिले वैशाख २६ गते कक्षाकोठामा प्रवेश गरी कुटपिट गरेपछि विद्यालयको पढाइ प्रभावित भएको छ । छात्रवृत्ति रकम र विद्यालयलाई प्राप्त ट्युबवेलमा अनियमितता भएको आरोप लगाउँदै राजविराज नपा-१० का ५० वर्षीय देवराम यादव, ३५ वर्षीय खेलानन्द यादव, ३० वर्षीय गोविन्द यादव, ३० वर्षीय विशो यादव र २८ वर्षीय श्यामनारायण यादवलगायतले कक्षा कोठामा प्रवेश गरी एक्कासि कुटपिट गरेको घाइते प्रधानाध्यापक यादवले बताए । घाइते प्रअ यादवको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको निजका छोरा नागेन्द्र यादवले बताए । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा भएको सो घटनापछि विद्यालयको पठन पाठन स्थगित भएको छ । घटनामा संलग्न विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको तर हालसम्म कोही पनि गिरफ्तार नभएको प्रहरीले जनाएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis