Businessmen of Sukhipur municipality with their business shut down, halted the vehicular movement for four hours on Sunday as the health condition of those on hunger strike is deteriorating. BP Bhuwan Yadav, Struggle Committee Coordinator as well as youth leader of Nepali Congress, Ram Kisun Yadav and Ram Bharos Yadav, youth leaders of CPN UML,Hare Ram Yadav and Bindeshwor Pajiyar of Federal Socialist Forum Nepal are on hunger strike since 5 April demanding retention of municipal status of Sukhipur. Locals agitated for Sukhipur municipality back two years being turned to rural municipality are demonstrating in series. After hearing from a team of doctors about deteriorating health condition of those on hunger strike, the agitated locals halted the vehicular movement on Sunday 1 pm onwards burning a tyre at Rajdevi Chowk.
सुखिपुर नगरपालिका माग गर्दै आमरण अनशनमा बसेकाहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि नगरका व्यापारीहरुले आ आफ् ना पसल बन्द गरी आइतबार चार घण्टासम्म चक्काजाम गरेका छन् । सिरहाको सुखिपुर दुई वर्षसम्म नगरपालिकाको रुपमा कार्यालय सञ्चालन गरेर फेरी गाउँपालिकामा घटुवा भएपछि आक्रोसित स्थानीयले विभिन्न चरणको आन्दोलन गर्दै आमरण अनसनमा बसेका छन् । चैत २३ गते बुधबार दिउँसो एक बजेबाट आमरण अनसनमा बसेकाहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि नगरबासीहरु आक्रोसित हुँदै सुखिपुरको राजदेवि चौकमा एक बजेदेखि टायर बालेर सडकमा आवागमन ठप्प पारेका थिए । आमसन अनसनमा संघर्ष समितिका संयोजक तथा नेपाली काँग्रेसका सुखिपुर नगरका युवा नेता विपी भुवन यादव, नेकपा एमालेका युवा नेता राम किशुन यादव राम भरोष साह, संघीय समाजवादी फोरम नेपालका हरेराम यादव र विन्देश्वर पजियारलाई स्वास्थ्य अवस्था विग्रिएको डाक्टरको टोलीले जनाएपछि नगरबासीहरु आक्रोशित भएर सरकारको विरोधमा नारावाजी गरेका छन् ।