Incident Reports

Annapurna: Morcha cadres staged protest rally in Saptari

2017-04-13

Madhes, Saptari, Rajbiraj

The agitating United Democratic Madhesi Front, on Thursday organised a protest rally in Rajbiraj of Saptari district against the government’s decision to hold the local level elections on May 14. In the rally, UDMF cadres demanded that the Constitution be amended before the local polls. सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार सप्तरीको राजविराजसहित विभिन्न शहरमा बिरोध प्रदर्शन गरेको छ। संविधान संशोधनको नयाँ बिधेयकले मोर्चा र गठबन्धनले उठाएको माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको बताउँदै देशका विभिन्न शहरका विरोध प्रदर्शन गरेको हो । राजविराजमा आयोजित कोणसभामा वक्ताहरुले मोर्चा र गठवन्धनसँग सरकारले गरेको छलफलमा उठेका मुद्दा विपरित संविधान संशोधनको नयाँ विधेयक ल्याएको आरोप लगाए वक्ताहरुले माग सम्वोधन विना गरिने स्थानीय चुनावमा सहभागी नहुने र जवरजस्ती निर्वाचन गरे विथोल्ने चेतावनी दिएका छन् । नयाँ बिधेयक पहिलेभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै निर्वाचन बहिस्कारसहित आन्दोलनमा उत्रने निर्णय गरेको सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले बताउनु भयो। मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले बताए । नागरिकता, भाषा, राष्ट्रिय सभाका बारेमा पूरानै बिषय राखिएको भन्दै सद्भावना पार्टीका महासचिव मनिष सुमनले सहमति र सम्झौताविपरीत सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले सीमांकन लगायतका मुद्दा सम्वोधन नगरेको बताउनु भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ बिधेयक ल्याइएको बताउँदै पहिले दर्ता गरेको संशोधन बिधेयक फिर्ता लिई पुन अर्को संविधान संशोधन बिधेयक मंगलवार व्यवस्थापिका संसदमा दर्ता गराउनु भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments