Incident Reports

Fake cylinder bomb found inside a bag in Birgunj

2017-04-16

Madhes, Parsa, Birgunj

A fake cylinder bomb has been found during broad day light in Birgunj on Sunday. The incident has occurred in the aftermath of UDMF's announcement of agitation program targeted against local level election. The suspicious object which was thought to be cylinder bomb was found wrapped inside a black cloth was found before mary stops center at Link road of Birgunj. Locals have been terrified after the news of finding the bomb became public. Markets and shops around the cite were shutdown temporarily following the incident. The bomb was later disposed by a team of Nepal Army, informed Chakra Joshi of Parsa District Police Office. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले चुनाव बिथोल्ने उद्देश्यले बन्द हडतालसहित आन्दोलनको कार्यक्रम घोषणा गरे लगत्तै आइतबार वीरगञ्जको व्यस्त सडकमा ग्यास सिलिण्डरसहितको झोला भेटिएको छ। घण्टाघरबाट नयाँ बसपार्क जाने लिंक रोडमा अवस्थित मेरी स्टोप सेन्टर अगाडिको सडक छेउमा आइतबार दिउँसो कालो रंगको झोला भित्र ‘सी आर ओआई इ एन’ लेखिएको ग्याँस सिलिण्डर भेटिएको हो। कालो रंगको झोला भेटिएपछि झोला भित्र बम रहेको आशंकामा उक्त क्षेत्रको जनजीवन त्रसित बनेको हो। प्रहरीले झोला भेटिएको स्थानलाई नियन्त्रणमा लिएर लिंकरोडमा तीन घण्टा यात्रु र सवारी सधानको आवागमनमा रोक लगाएको थियो। शंकास्पद झोला भेटिएपछि केही समयका लागि बजार पसल पूर्णरुपमा बन्द भएका थिए। नेपाली सेनाको बरखगणबाट आएको सेनाको बम डिस्पोजल टोलीले दिउँसो २ बजे झोलामाथि विस्फोटक पदार्थ राखेर डिस्पोज गर्दा झोला भित्र ‘सी आर ओआई इ एन’ लेखिएको ग्याँस सिलिण्डर भेटिएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । झोलामा बम नरहेको स्पष्ट पार्दै उहाँले भने ,‘कुनै व्याक्तिले तर्साउनका लागि यस्तो काम गरेको हुन सक्छ।’ प्रहरीले उक्त ग्याँसको बारे अनुसन्धान भइरहेको बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments