Incident Reports

UDMF organises torch rally against May 14 polls

2017-04-18

Madhes, Parsa, Birgunj

The agitating United Democratic Madhesi Front, on Tuesday evening, organised a torch rally in Birgunj of Parsa district against the government’s decision to hold the local level elections on May 14. In the rally, UDMF cadres demanded that the Constitution be amended before the local polls. The rally started from Ghantaghar and went around the city, chanting anti-government slogans. The torch rally was a symbolic protest, UDMF Birgunj co-ordinator Purushottam Jha said. संयुक्त लोकतान्त्रिक मधेसी मोर्र्चाले मङगलबार मशाल जुलुश प्रदर्शन गर्दै स्थानीय तह निर्वाचन बिथोल्ने आन्दोलनको सुरुवात गरेको छ। मधेसका जिल्ला सदरमुकाम र प्रमुख सहरमा मङगलबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै निर्वाचन बिथोल्ने आन्दोलन थालेको हो। मङगलबार साँझ वीरगन्जको घण्टार चोकबाट मोर्चाले निकालेको मसाल जुलुस माइस्थान, आदर्शनगर, घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदीप यादवले मधेसमा फेरि विद्रोहको सुरुवात भएको बताउनु भयो। मधेसी दललाई लत्याएर सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन मधेसमा हुनै नदिने भन्दै उहाँले भन्नुभयो,‘अब पर्सा जिल्लामा चुनावी गतिविधी पनि हुनै दिन्नौँ, यदि कसैले जबरजस्ती गर्छ भने त्यसको परिणाम नराम्रो हुन्छ।’ कोणसभालाई तराई मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा, राष्टिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी , जिल्ला सचिव राजेश साह, तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीले पनि सम्बोधन गरेका थिए। यस्तै पर्साको पोखरीया, कौवाबन कटैया, गादी, बाराको कलैया, परवानीपुर लगायतका स्थानमा पनि मङगलबार साँँझ मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गरेका थिए। सँगै सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन बिथोल्नका लागि भन्दै मधेसी मोर्चाले पर्सामा संघर्ष समिति गठन गरेको छ। वीरगन्जमा मङगलबार दिउँसो बसेको मधेसी मोर्चाको बैठकले निर्वाचन बिथोल्नका लागि भन्दै पर्साका पाँच वटै निर्वाचन क्षेत्र, दुवै नगरपालिका र ११ गाउँ पालिकामा संघर्ष समिति गठन गरेको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनुभयो। यसैगरी मोर्चाको बैठकले वैशाख ७ गते बिहान आठ बजे वीरगन्जमा सिठ्ठी र लाठी जुलुश निकाल्ने, ९ गते आमसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। वीरगन्जमा ९ गते हुने आमसभालाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो , तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायतका नेताले सम्बोधन गर्ने मधेसी मोर्चाका नेता ओम प्रकाश सर्राफले जानकारी दिनुभयो। संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न बैठकमा फोरम नेपालको प्रदेश नम्बर २ का सचिव सलाउदीन अहमद, तराई मधेस लोकतान्त्रिक पार्टीका पर्सा अध्यक्ष पुरुषोतमलाल झा, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला सचिव राजेश साह, तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष वीरेन्द्र यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकीम अन्सारीको सहभागीता रहेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments