Incident Reports

Complaint Lodged Claiming Dowry Death

2013-05-09

Banke/ May 10 The paternal family members of Ganga Jali Dhobi, 21, of Kotharapuri of Ganapur VDC-1 have lodged a complaint at Area Police Office, Kohalpur on May 9 against her family accusing them of murdering her due to the dowry dispute. Dhobi got married with Aravinda Dhobi, 26, five years ago. The victim party claims that she has been tortured since her marriage and might have been beaten to death and hanged on the night of May 8. They claim that the death was suspicious because her postmortem and funeral were performed on May 9 without informing her parents about her death. Ganga’s husband Arvinda Dhobi and her father in-law have been taken into custody for further investigation on May 9, according to the Area Police Office. Binod Pandey बाँके । वैशाख २७ गते गनापुर गाविस-१ कोठरापुरकी २१ वर्षीया गंगा जली धोबीलाई दाइजो नल्याएका कारण पति लगायत घर परिवारले हत्या गरेको हुन सक्ने भन्दै माइतीपक्षले वैशाख २६ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् । समशेरगञ्ज गाविस-९ कोठरापुर माइती घर भएकी गङ्गाको पाँच वर्षअगाडि २६ वर्षीय अरबिन्द धोबीसँग विवाह भएको थियो । विवाह भएको १ वर्षपछि देखि विभिन्न बहानामा कुटपिट गर्ने गरेको र वैशाख २५ गते राती पनि कुटपिट गरी हत्या पछि कोठा भित्र सारीमा झुण्ड्याएको आरोप माइती पक्षले लगाएका छन् । मृतकको शवलाई माइती पक्षलाई जानकारी नै नदिई भेरी अञ्चल अस्पतालमा वैशाख २६ गते पोष्टमार्टम गरेको, शवलाई २६ गते राती र २७ गते बिहान गरि दुई पटक जलाएकोले पनि आत्महत्या नभइ हत्या गरेको हुन सक्ने माइती पक्षका लाइकराम धोबीले बताए । इलाका प्रहरी कार्यालयले मृतकका पति अरबिन्द धोबी र ससुरा हेमराज धोबीलाई वैशाख २६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis