Police have arrested 30 cadres of Communist Party of Nepal led by Netra Bikram Chand (Biplav) at Rangkhola, Putalibazar-10. They were arrested while returning to district after attending Province level meeting. According to police, they were arrested for being accused of vandalizing some vehicles and shops in Rangkhola on Saturday. During vandalism, the cadres had a clash with locals, and Siddhartha Highway was halted for an hour. According to DSP Bir Bahadur Pulami, police found pipe, woods, broken glasses of drinks, and stones during vehicle check, and held all in the bus. Police have filed the case of public offence against those arrested, and been investigating since Sunday.
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कंदै गरेका ३० कार्यकर्ता पुतलीबजार–१० राङखोलाबाट पक्राउ परेका छन् ।
राङखोलामा शनिबार केही सवारीसाधन र पसलमा तोडफोड भएको घटनाको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तोडफोडमा स्थानीयसँग झडप हुनुका साथै करिब एक घण्टा सिद्धार्थ राजमार्गमा आवागमन पनि बन्द भएको थियो । घटनापछि उनीहरू चढेको ना५ख ९१३९ नम्बरको बसमा चेकजाँचका क्रममा पाइप, दाउरा, पेय पदार्थका फुटेका बोतल र ढुंगा फेला परेपछि सबैलाई नियन्त्रणमा लिइएको डीएसपी वीरबहादुर पुलामीले बताए । पक्राउ गरिएकाहरूविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा आइतबार प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।