Incident Reports

Annapurna: Locals organize sit-in against environment pollution caused by the poultry farm

2017-04-19

Province 1, Morang, Biratnagar

Locals of Sorabhag, Rangeli, Betauna , Babiyabirta, and Durbesa staged sit-in against the pollution caused by Birat poultry farm located at Sorabhang-9. They have been protesting since week long. Due to the lack of proper management of the waste materials produced by the farm locals are facing various problem such as loss of animals due to different disease and increased number of flies , people are having diarrhea continuously. They said that they will continue the protest, until the problem is solved. पोल्ट्री फर्मको फोहोर र कुखुराको सुली व्यवस्थापन नगरेका कारण झिंगा भन्केको भन्दै मोरंङको स्थानीयहरुद्वारा सोराभाग-९ बेतौनामा रहेको बिराट पोल्ट्री फर्म विरुद्ध हप्ता दिन देखि फर्मको मूल गेटमा धर्ना। फर्मबाट निस्केको दुर्गन्ध र झिंगाका कारण सोराभाग, रंगेली, बेतौना , बबियाबिर्ता, र दर्बेशाका बासिन्दा हैरान भएपछि राजेन्द्र मण्डलको संयोजकमा संघर्ष समितिनै बनाएका छन्। फर्मको फोहोरका कारण त्यहाँ बाट निस्कने झिंगा चौपाया र मानब स्वास्थ्यमा अनेक रोगको संङक्रमण, हुनुका साथै व्यवसायमा समेत प्रभाब परेको मण्डलले बताउनुभयो। झिंगा का कारण स्थानीयहरुमा झाडापखाला निरन्तर लाग्ने गरेको र चौपाया पनि अनेकौ रोगले मर्ने गरेको स्थानीयले बताउ छन्। धर्ना दिएका स्थानीयले आफुहरुले सास्ती खेप्नु परेकाले अब पोल्ट्री फर्म त्यहाँ बाट नउठे सम्म आन्दोलन जारी राखने बताउनु भयो। Update ------- पोल्ट्री फर्मको झिंगा आतंक बिरुद्ध २४ घण्टे धर्ना आफ्ना मागहरु सम्बोधन होस् भनी मान्छेहरु कति दिन आन्दोलन गर्न सक्लान् ? धेरैलाई लाग्न सक्छ एक महिना, दुई महिनासम्म निरन्तर आन्दोलन गरे माग पूरा हुन्छन् । तर, मोरङको धनपाल थान गाउँपालिका-३ का स्थानीय नागरिकहरुको एक वर्षदेखिको माग अझै पनि पूरा हुन सकेको छैन । स्थानीयहरुले पोल्ट्री फर्मका कारण झिंगा आतंकसंगै प्रदुषण भएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन् । स्थानीयले गाउँमा रहेको विराट पोल्ट्री प्रालीको प्रदुषण तथा झिंगा बिरुद्ध थालेको आन्दोलन एक वर्ष भयो । तर, माग पूरा नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम सर्वजनिक गरेका छन् । सरोकारवाला जानकार हुँदा पनि आफ्नो माग पूरा नभएपछि स्थानीय नागरिकहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी गत मंगलबारदेखि २४ घण्टे धर्नामा बसेका छन् । स्थानीयबासीले पोल्ट्रीको मूल गेटमा धर्नामा दिन थालेपछि दुईदिनदेखि उत्पादित अण्डा बिक्री भएको छैन । २६ विघा जग्गामा फैलिएको पोल्ट्री उद्योगका ३४ वटा खोरमा १ लाख ५० हजार पोथी कुखुरा छन् । दुई दिनदेखिको २४ घण्टे धर्नाले उक्त कुखुराबाट उत्पादित अण्डा बाहिरिन नसक्दा उद्योगी घाटा ब्यहोर्न बाध्य छन् । पोल्ट्री उद्योगले दुर्गन्धका साथै वातावरणीय प्रदुषण फैलाएको र झिंगाको आतंक फैलिएकाले त्यसको व्यवस्थापन गर्न स्थानीयले आन्दोलन गरेपनि अहिलेसम्म फर्म व्यवस्थापकले चासो नदिएको स्थानीयको गुनाशो छ । फर्म वरिपरी गाउँका बासिन्दाहरु ‘विराट पोल्ट्री फर्मको वातावरण प्रदुषण तथा झिंगा उन्मूलन संघर्ष समिति गठन गरेर एक बर्षदेखि आन्दोलनरत छ । संघर्ष समितिका सचिव इन्दिरा उप्रेतीले पोल्ट्री फर्ममा उत्सर्जित कुखुराको सुली र फुटेको अण्डाले उत्पादित दुर्गन्ध र झिंगाले वरिपरिका गाउँमा बस्नै नसकिने स्थिति सृजना भएकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताइन् । अनुगमन हुन्छ, समाधान हुँदैन स्थानीयले आन्दोलन गरेपछि सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेपनि माग सम्बोधन नभएको बताए । तत्कालिन प्रमुख जिल्ला अधिकारी तोयम राय, उद्योग सञ्चालक ऋषीबचन यादव, हालका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला लगायतका सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीलगायतले यसवीचमा फर्मको वस्तुगत अनुगमन गरेका थिए । अनुगमन गरिएको भएपननि आफूहरुको माग पूरा गर्ने निर्णय नभएको विराट पोल्ट्री फर्मको वातावरण प्रदुषण तथा झिंगा उन्मूलन संघर्ष समिति अध्यक्ष राजेन्द्र मण्डलले बताए । ‘२०६९ साल कातिक २६ गते दर्ता भएको उक्त पोल्ट्री प्रालि वर्ष दिनपछि सञ्चालन भएको थियो । स्थानीयका अनुसार सञ्चालन भएको बर्ष दिनपछि फर्म व्यवस्थापनले त्यहाँबाट निस्किने फोहरको उचित व्यवस्थापन नगर्दा आसपासका क्षेत्र दुर्गन्ध र झिंगाको आर्तकले पीडित बन्दै आएका छन । झिंगाले फैलाएको रोगले ४ जना व्यक्तिको मृत्यु, १२ चौपायाको मृत्यु, मृगौला रोगी, घाउखटिरालगायतका रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको स्थानीयको दावी छ । संघर्ष समितिकी सचिव उप्रेतीका अनुसार आप, लिची, कटहरलगायतका फलफूल र फूल फूल्ने बालीमा दुई बर्षदेखि आफूहरुको लगानी मात्रै लाग्ने गरेको तर झिंगा लागेर बालीमा फल नै नलाग्ने गरेकोले ठूलो मर्कामा परेको बताइन् । फोहर व्यवस्थापनका लागि तीन महिनाको समय माग स्थानीयको निरन्तरको आन्दोलनका कारण विराट पोल्ट्री प्राली सञ्चालक डा. सदानन्द देवले प्रदुषण र झिंगाको समस्या भएको स्वीकार गर्दै व्यवस्थापनका लागि तीन महिनाको समय माग गरेका छन् । स्थानीयको समस्या बारेमा आफू जानकार भएको भन्दै अबको तीन महिनाभित्र समस्या समाधान गर्न नसके उद्योग नै बन्द गरिदिने बताए । धर्नामा रहेका आन्दोलनकारीलाई समेत सोही अनुसारको पत्र पठाइसकेको उनले जानकारी दिए । यता प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले विराट पोल्ट्री प्रालीको प्रदुषण तथा झिंगा आतंक नियन्त्रणका विषयमा उत्पन्न समस्यालाई हल गर्न पशुपंक्षी मन्त्रालयको कुरो भएकाले केन्द्रीय तहमा समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments