Incident Reports

Impeachment motion against CJ sparks protest

2017-05-01

Bagmati, Kathmandu, Kathmandu, Ward 31

People from various walks of life and representatives of some political parties on Monday marched along the Capital streets to protest against two major ruling parties’ move of filing an impeachment motion against the chief justice. As many as 249 lawmakers from the Nepali Congress and the CPN (Maoist Centre) on Sunday registered the impeachment motion against Sushila Karki, charging her with infringing upon executive’s jurisdiction and nurturing factionalism within the judiciary. Sajha Party Coordinator Rabindra Mishra, who also participated in the mass rally, said the NC-Maoist move of filing an impeachment motion against the chief justice smacks of conspiracy to foil the upcoming local level elections. “Such a direct interference by the executive body in the judiciary will have a long-term effect,” said Mishra. Ujjwal Thapa, president of Bibeksheel Nepali Party, said the two large ruling parties had brought the impeachment motion without giving much thought to the consequences. Similarly, senior orthopaedic surgeon Dr Govinda KC, who was also present at the protest rally, said the country “is being run by mafia and brokers”. प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ । नयाँ शक्ति, साझा पार्टी, विवेकशील नेपाली, सुशासनका लागि नागरिक अभियान, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल तथा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुलगायतले सडकमै उत्रेर महाअभियोगको विरोध गरे । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभामा डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याललगायत नागरिक समाजका अगुवा र विभिन्न राजनीतिक दलसम्बद्ध नेताले महाअभियोग प्रस्ताव गैरलोकतान्त्रिक र स्वतन्त्र न्यायालय सिध्याउने कदम भएको बताएका थिए । युवा संघ र अनेरास्ववियुले पनि प्रदर्शन र कोणसभा गरी महाअभियोगको विरोध गरेका थिए । ‘स्वतन्त्र न्यायालयमाथिको आक्रमण’ सामाजिक क्षेत्रका अन्य व्यक्तिले पनि महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको जनाएका छन् । सोमबार नयाँबानेश्वर भेलामा उनीहरूले प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले फिर्ता लिनुपर्ने बताए । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, कानुनविद्हरू श्रीहरि अर्याल, विश्वकान्त मैनाली, नीलाम्बर आचार्य र युवराज संग्रौला, पूर्वजर्नेलहरू टीका धमला, चिनियाबहादुर बस्नेत र प्रेमसिंह बस्न्यात तथा कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायतले कार्कीविरुद्धको महाअभियोग प्रस्तावले लोकतन्त्रलाई कुण्ठित गरेको बताएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments