Incident Reports

No translation available.

2013-05-15

Biratnagar/ May 15 Hari Adhikari, a news reporter of Udghosh Daily published from Biratnagar, has been threatened of death by operator of Ramailo Hospital Pvt. Ltd. Kumar Phuyal. The victim with help from the Federation of Nepali Journalists Morang chapter lodged a complaint at District Police office, Morang on May 15 demanding security. Phuyal had threatened Adhikari over phone on May 10 regarding the news of the presence of liquor shop in hospital published in the May 5 edition of the daily. Adhikari, 20, of Bayarban VDC-6 and living in Biratnagar said that Phuyal called him from mobile no 9842279764 and threatened to make his condition as that of Dekendra Thapa. FNJ Morang chapter and Press Chautari condemned the incident on the same day. The District Police Office, Morang said that search for the accused is underway. INSEC Eastern Regional Office विराटनगर । जेठ १ गते विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकका समाचारदाता हरि अधिकारीलाई रमाइलो अस्पताल प्रालिका सञ्चालक कुमार फुयाँलले ज्यान मार्ने धम्की दिएका छन् । वैशाख २२ गते उद्घोष दैनिकमा अस्पतालमा मदिरा पसल शिर्षकको समाचार प्रकाशित भएको विषयलाई लिएर फूयाँलले वैशाख २७ गते बेलुका ९ बजे मोरङ जिल्ला बयरबन गाविस-६ स्थायी घरभई हाल विराटनगरमा बस्दै आएका २० वर्षीय अधिकारीलाई फोन गरी ज्यान मार्ने धम्की दिएका थिए । फुयाँलले ९८४२२७९७६४ नम्बरको मोबाइलबाट फोन गरी डेकेन्द्र थापाको हालत बनाइ दिन्छु भन्दै पटक पटक धम्क्याएको पीडितले बताए । आफू असुरक्षित भएको भन्दै अधिकारीले पत्रकार महासङ्घ मोरङको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख ३१ गते उजुरी दिएका छन् । जिल्लास्थित पत्रकार महासङ्घ र प्रेस चौतारीले सोही दिन घटनाको भत्सर्ना गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले धम्की दिने फुयाँलको खोजी भइरहेको जनाएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर

0 Comments