Incident Reports

Seven injured in clash in Musikot

2017-05-06

Lumbini, Rukum East, Musikot, Ward 2

Seven persons were injured in a clash that broke out between NC and Maoist cadres at Musikot Municipality-2, Rukum. The clash erupted when Young Communist League cadres threw an NC flag hoisted at the house of a Dalit candidate from the NC at Musikot-2. The injured are Ramesh Khadka, Subash Khadka, Jeevan Khadka, Bhog Bahadur Khadka, Anil Pun Magar, Dal Bahadur Khadka, and Dambar BK. They have received deep cuts on their heads. नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी रुकुममा ६ जना माओवादी कार्यकर्ता र १ जना कर्मचारी घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, रातामाटामा घरदैलो गर्ने क्रममा कांग्रेस कार्यकर्ताले आÏना कार्यकर्तामाथि आक्रमण गरेको नेकपा माओवादीले जनाएको छ । घरदैलो गरिरहेका बेला रेशम खड्का नेतृत्वको टोलीले माथिबाट ढुंगा प्रहार गरी कार्यकर्तालाई घाइते बनाएको नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्बर २ का अध्यक्ष उम्मेदवार नरबहादुर खड्काले बताए । घाइते हुनेमा मुसिकोट नगरपालिका–२, का सुवास खड्का, भोगबहादुर खड्का, रमेश खड्का, जीवन राज खड्का, डम्बर बिक, अनिल पुनमगर र दलवहादुर खड्का रहेका छन् । घाइते मध्ये रमेश खड्का नेकपा माओवादीका तर्फबाट २ नम्बर वडा सदस्यका उम्मेदवार पनि हुन् । घाइते भोगबहादुरले छिमेकीको बिहेबाट फर्कंदै गर्दा ढुङ्गाले लागेको बताएका छन् । कांग्रेसका तर्फबाट सोही वडा अध्यक्षका उम्मेदवार काँशिराम खड्काले भने पार्टीको निर्देशनमा आक्रमण नभएको बताए । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा सोधपुछ गर्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । कांग्रेसका हिरामणि बस्यालसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थम्मनवहादुर रजालीले बताए । उनका अनुसार पक्राउ पर्नेमा ४ जना माओवादीका कार्यकर्ता रहेका छन् । घटनामा संलग्न भएका भनिएका रेशम खड्का लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments