Incident Reports

Lawyers march in support of Supreme Court Interim order

2017-05-06

Bagmati, Kathmandu, Kathmandu

Law practitioners marched in support of verdict given by Supreme court on Friday against impeachment action to Chief justice Sushila Karki. They organized a protest in Maitighar Mandala in the name of campaign "Nyayalaya bachau" (Save the Judiciary). Various advocates including Srihari Aryal, Dinesh Tripathi, Sunil Ranjan Singh has participated in the demonstration. Single bench of justice of Supreme Court Cholendra Sumsher Jabara had given Interim order to government for not forwarding the file of Impeachment action against Chief Justice Sushila Karki. Supreme court had also given interim order to Chief Justice Sushila for return back in work. प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्च अदालतले दिएको आदेशको समर्थन गर्दै केही कानुन व्यवसायीहरु सडकमा ओर्लिएका छन् । न्यायलय बचाउ अभियान नाम दिएर उनीहरुले शनिबार बिहान काठमाडौं माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । आदेश स्वागतयोग्य भन्दै उनीहरुले प्रधानन्यायाधीश कार्कीलाई प्रतिशोधपूर्ण तरिकाले महाअभियोग लगाइएको आरोपसमेत लगाए । अदालतको आदेशले संसदको अधिकारलाई चुनौती नदिएको दाबी गर्दै उनीहरुले स‌ंविधान र कानुनको अन्तिम व्याख्याता अदालत नै भनेर संविधानमा स्पष्ट पारिसकेको उल्लेख गरे । विरोध प्रदर्शनमा अधिवक्ता श्रीहरि अर्याल, सुनीलरञ्जन सिंह, दिनेश त्रिपाठी लगायत सहभागी थिए । प्रधानन्यायाधीशमाथिको महाभियोगविरुद्ध सर्वोच्चमा परेको रिटमा शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले महाअभियोग अगाडि नबढाउन र प्रधानन्यायाधीशलाई काममा फर्काउन अन्तरिम आदेश दिएको थियो । प्रधानन्याधीश सुशीला कार्की संविधान, कानुन उल्ल‌ंघन गर्दै मनोमानी ढंगले अगाडि बढ्न खोजेको भन्दै गत आइतबार सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संसद्‌मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments