Incident Reports

Girl Files Rape Complaint against Two

2013-05-17

Bagmati, Sindhupalchok, Melamchi

Sindhupalchok/May 16 A 17-year-old has filed a case against Anish Shrestha, 22, and Pawan Shrestha of Melamchi VDC-2 at the Area Police Office Melamchi on May 16, accusing them of raping her. Medical check-up of the victim was conducted in the Chautara Hospital on May 16. The accused are absconding after the incident. According to the victim, the duo raped her while she had gone to bring water on May 9. She said that she could not report the incident as the owner of the carpet factory in Melamchi bazaar where she worked did not allow her to go out of the factory. The incident was registered with help from Mahila Atmanirbharta Kendra Melamchi after she told her sister about the incident. Inspector Nabaraj Basnet of the District Police Office said that search for the accused was underway. Natibabu Dhital सिन्धुपाल्चोक । जेठ २ गते मेलम्ची गाविस २ का २२ वर्षीय अनिष श्रेष्ठ र सोहि ठाउका पवन श्रेष्ठले आफूलाई सामुहिक बलात्कार गरेको भन्दै ०७० जेठ २ गते एक १७ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेकी छन् । पीडितको चौतारा अस्पतालमा जेठ २ गते स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितहरू फरार छन् । ठूलोआमा नाता पर्ने महिलाले मेलम्ची बजारमा सञ्चालन गरेको गलैंचा कारखानामा काम गर्ने आफूलाई ०७० वैशाख २६ गते बेलुकी पानी लिन जाँदा पँधेरानजिक सामुहिक बलात्कार गरेको पीडितको आरोप छ । बलात्कार भएको कुरा अरुलाई भन्न नपाउने गराई गलैचा कारखानाबाट बाहिर जान कारखाना मालिक्नीले नदिएपछि तत्काल उजुरी गर्न नपाएको पीडितले बताइन् । पीडितले घटनाबारे आफ्नै बहिनीलाई बताएपछि महिला आत्मनिर्भता केन्द्र मेलम्चीको सहयोगमा इलाका प्रहरी कार्यालयमा उजुरी गरेको पीडितकी बहिनीले बताइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा आरोपितहरूको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नबराज बस्नेतले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis