Incident Reports

Court Slaps Fine for Discriminating on Basis of Caste

2013-05-16

Nepal

Salyan/May 16 The District Court in Salyan has slapped 10 thousand rupees fine to Menuka Rana and her husband Dilli Rana of Sahutol in Sejwaltakura VDC-1 for mistreating Prema Basnet BK of same place on charge of touching public water tap. A single bench of District Court Judge Rajendra Adhikari ordered the couple to pay fine of 10 thousand rupees and compensation of 25 thousand rupees. Prema had filed a complaint at the District Police Office Salyan on April 16 accusing them of mistreating her in the morning for touching public water tap. The couple who were arrested the same day was released after posting a bail of 25 thousand rupees on April 22. Meena Budathoki सल्यान । जेठ २ गते सेजवालटाकुरा गाविस-१ साहुटोल निवासी प्रेमा बस्नेत विकलाई सार्वजनिक धारामा पानी छोएको आरोपमा जातीय छुवाछुत गरेको मुद्दा लागेका सोही ठाँउका मेनुका राणा र उनका पति डिल्ली राणालाई जिल्ला अदालत सल्यानले १० हजार रुपैयाँ जरिवाना गरेको छ । जिल्ला अदालत सल्यानका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले ०७० जेठ २ गते रानाद्वयलाई १० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो । धारामा पानी भर्ने क्रममा ०६९ चैत ३ गते बिहान पानी छोएको निहुँमा आफूमाथि हातपात भएको भन्दै दार्माकोट गाविस-२ घर भई साहुटोलमा डेरा गरी बस्दै आएकी प्रेमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा सोही दिन जाहेरी दिएकी थिइन । जाहेरी दिएकै दिन दिन पक्राउ भएका रानाद्वय ०६९ चैत ९ गते प्रतिव्यक्ति २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । धारा छोएको भन्दै मेनुका राणाले धारामा अभद्र व्यवहार गरेको र पछि कोठामै आएर उनका पति डिल्ली राणाले हातपात गरेको आरोप पीडितले लगाएकी थिइन । यस मुद्दामा पीडितका पक्षबाट जिल्ला न्यायाधीवक्ता गोपीकृष्ण श्रेष्ठ र अधिवक्ता सिपी वली तथा अभियुक्तका तर्फबाट अधिवक्ता लालबहादुर रावतले बहस गरेका थिए । मिना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis