Incident Reports

CPN cadres obstruct MC election assembly

2017-05-04

Karnali, Kalikot, Sanni Tribeni

The cadres of Communist Party of Nepal led by Netra Bikram Chand "Biplov" obstructed the election assembly organized by Maoist Center on May 4. A group of 30/40 cadres of Biplov-led Nepal Communist Party had obstructed the assembly organized by Maoist Center in Mumra of Sanni Triveni rural municipality. Central member of Maoist Center Mahesh KC accused that the cadres of Nepal Communist Party had shown black flag to them and obstructed their cadres to go into the village for election campaign. माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख २१ गते रोक लगाएका छन् । माओवादी केन्द्रका सोही गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिप शाहीको नेतृत्वमा चुनावी घरदैलो अभियानमा आएको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्माणको नेतृत्वमा ३०/४० जनाको समूहमा आएका व्यक्तिले रोक लगाएको माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश केसीले आरोप लगाए । शान्तिपूर्ण चुनावी आभियानलाई कालो झण्डा देखाउनुका साथै गाउँमा जान रोक लगाइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य केसीले बताए । जनतालाई धोका दिएकाले स्थानीय जनताले गाउँमा पस्न रोक लगाइएको विप्लवद्वारा गठित जिल्ला जनसरकार कालिकोटका प्रमुख मनिलाल एडीले प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र खड्काले कार्यक्रममा रोक लगाएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments