Incident Reports

Eight CPN-M Cadres Arrested following Clash with Police, Released

2013-05-15

APF head constable Man Bahadur Buda and constable Narendra Acharya have been seriously injured in the incident. Police fired six teargas shells after CPN-M cadres pelted stones at the camp. The mobile camp was disrupted for an hour due to the clash. Polcie had arrested nine, including CPN-M central member Bharat Bam who were released later in the evening. The local administration accused that CPN-M cadres resorted to vandalism in the mobile camp organized with the aim of providing service in the village. Chief District Officer Purushottam Kunwar said that police had to fire teargas shells as the CPN-M cadres suddenly pelted stones. Meanwhile, CPN-M has accused the police of suppressing the peaceful protest. The group has called for Surkhet bandh on May 16 in protest of the incident. Durga Thapa सुर्खेत । जेठ २ गते मैनतडा गाविस-३ जहरेमा नेकपा-माओवादीका कार्यकर्ता र प्रहरीबीच ०७० जेठ १ गते दिउँसो झडप भएको छ । स्थानीय प्रशासनले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा माओवादी कार्यकर्ताले अवरोध पुर्‍याउन खोजेपछि झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका सहायक हल्दार मानबहादुर बुढा र सशस्त्र प्रहरी जवान नरेन्द्र आचार्य सख्त घाइते भएका छन् । माओवादी कार्यकर्ताहरूले शिविरमा ढुंगा प्रहार गरेपछि प्रहरीले छ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । झडपका कारण करिब १ घण्टा शिविर अवरुद्ध भएको थियो । प्रहरीले माओवादीका केन्द्रीय सदस्य भरत बमसहित नौ जनालाई नियन्त्रणमा लिएपछि झडप रोकिएको हो । गिरफ्तार हुनेमा माओवादीका जिल्ला सह-इन्चार्ज जेवी सुनार तथा कार्यकर्ताहरू तुल्सी पौडेल, सोमबहादुर राना, खगेन्द्र बुढा, टोपबहादुर चलाउने, देवबहादुर चलाउने, कुलबहादुर परियार र पुर्णबहादुर रियारलाई नियन्त्रणमा लिएपनि जेठ १ गते साँझ नै रिहा गरिसकेको छ । कार्यकर्ता पक्राउको विरोधमा माओवादीले जेठ १ गते दिनभर स्थानीय मैनतडाको जहरे बजार बन्द गराएका थिए भने झडप रोकिएपछि पुनः शिविर सञ्चालनमा आएको थियो । झडपअघि नियन्त्रणमा लिइएका नेकपा-माओवादीको भेरी कर्णाली राज्य समिति सदस्य सहवीर महर तथा जिल्ला कमिटी सदस्यद्वय टेकबहादुर तिरुवा र रामबहादुर सुनारलाई प्रहरीले यातना दिएको माओवादीको दाबी छ । सदरमुकामबाट प्रदान गरिदै आएको सेवा गाउँमै पुगेर प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको शिविरमा माओवादी कार्यकर्ताहरूले हुलहुज्जत गरेको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले माओवादी कार्यकर्ताले एक्कासि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको बताए । शिविरमा पहिले माओवादीले नै आक्रमण गरेको पनि प्रजिअ कुँवरले जानकारी दिए । यता नेकपा-माओवादीले भने शान्तिपूर्ण विरोधमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । जेठ १ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रशासनले शान्तिपूर्ण रुपमा गरिएको विरोधको कार्यक्रममा पञ्चायती शैलीमा धरपकड गरेको जनाएको छ । नेकपा-माओवादीका केन्द्रीय सदस्य कृष्ण धमलाले प्रहरीले मैनतडामा प्रदर्शन गरेको रवैयाले पञ्चायत र शाहीशासनको झल्को दिएको बताए । उनले शान्तिपूर्ण विरोध गर्न पाउनु सबैको अधिकार भएको भन्दै प्रशासनले आफूहरूको अधिकार हनन् गरेको आरोप लगाए । धमलाले विभिन्न ३३ दलले विदेशीलाई नागरिकता दिने अध्यादेशको तत्काल खारेजी र नागरिकता वितरणको कार्य रोक्न संर्घषका कार्यक्रम सञ्चालन गरेको भन्दै सोही कार्यक्रम अन्तर्गत मैनतडाको घुम्त- शिविरमा अवरोध गरिएको बताए । माओवादीले प्रहरीले दमन गरेको भन्दै ०७० जेठ २ गते सुर्खेत जिल्ला बन्दको आहृवान गरेको छ । अघिल्लो दिन नै प्रेस विज्ञप्ति प्रकाशित गरी माओवादी सुर्खेतले यातायात, शैक्षिक संस्था तथा व्यापार सबै बन्द गराइने जनाएको छ । जिल्ला सेक्रेटरी प्रशान्त आरसीद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण विरोधमा व्यापक प्रहरी परिचालन गरी आफ्ना नेता तथा कार्यकर्तामाथि दमन, धरपकड, गिरफ्तारी र यातना दिएको विरोधमा जिल्ला बन्द गरिएको जनाएका छन् । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis