An unidentified group set ablaze a dozer at Ratchaur of Isma Rural Municipality-2 last night. JCV-205 owned by kalika Pacific Joint Venture Construction Pvt.ltd was set on fire and destroyed completely. The dozer was used for Chhaldi Panah Rata Danda Indra Gauda Road condition upliftment program. Loss of Rs.1 Crore has been reported due to the incident.
The construction company belonged to former Land Reform Minister Bikram Pandey.
गुल्मीमा गएराती एउटा डोजरमा आगजनी भएको छ । छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धिमा प्रयोग गरिएको डोजरमा अज्ञात समुहले अगो लगाएको हो । आगजनीबाट डोजर ध्वस्त भएको छ ।
काठमाण्डौको कालिका प्यासेफिक जोईन्ट भेन्चर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाइएको हो ।
ईस्मा गाउँपालिका वडानम्वर–२ हस्तीचौरको रातचौर स्थित डोजर जलाईएको खवर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए । डोजर आगोलागीबाट करिव एक करोड वरावरको क्षति भएको जनाईएको छ ।
उक्त निर्माण कम्पनी पुर्व भुमिसुधार मन्त्री विक्रम पाण्डेको हो ।