Incident Reports

Vehicle torched in Kaski

2017-05-09

Gandaki, Kaski, Machhapuchchhre, Ward 1

An unidentified group set fire to a vehicle, used in election campaign, at Tuse village of Machhapuchhre Rural Municipality. कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विक्रम गुरुङले चुनाव प्रचारको लागि प्रयोग गरेको गाडीमा अपरिचित समूहले आगो लगाएका छन् । माछापुच्छ्रेको टुसेमा राती रोकिराखेको ग.१ ज ५१४८ नम्बरको गाडीमा अपरिचित समूहले पेट्रोल छर्केर आगो लगाएको हो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका ३ डिआईजी र नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति राखेर घटना भएको ५ मिनेटमै प्रहरी पुगेर नियन्त्रणमा लिने बताएको २ दिन नबित्दै यो घटना भएको हो । आगलागिबाट गाडीको टायर बाहेक अन्य सबै भाग जलेर क्षेति पुगेको छ । घटना भएको थाहा पाएलगत्तै प्रहरी पुगेर आगो लगाउने समूहको खोजि गरिरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । यद्यपी प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घटना बिप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीको अनुमान छ । चार दिन अघि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोलामा कांग्रेस उम्मेद्वारकै गाडीमा आगजनी भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Other Sources , INSEC

0 Comments