Incident Reports

NC and CPN-MC clash in Rukum, Police open fire

2017-05-09

Lumbini, Rukum East, Sani Bheri, Ward 1

Police open fired (2 rounds) to control clash between cadres of Nepali Congress and CPN-MC at Chaina Bagar of SaniBheri-1.Cadres of both parties were injured in the incident. According to police, they had opened fire when the clash got intense. The clash occured when Maoist-center cadres tried to obstruct NC's election campaign in SaniBheri Rural Municipality. According to Chairperson candidate of Maoist-center Nara Bahadur Pun, the clash took place when their scheduled election campaign was obstructed by NC cadres. नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाइनाबगरमा दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी दुवै तर्फका केही कार्यकर्ता सामान्य घाइते भएका छन् । झडपले उग्र रुप लिन थालेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । ‘दुवै पार्टीका कार्यकर्ताबीचको झडप नियन्त्रण गर्न २ राउण्ड हवाई फायर भएको छ, अरु विवरण आउन बाँकी छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीलले भने । उनका अनुसार अहिले चाइनाबगरको अवस्था सामान्य हुँदै गएको छ । नेपाली कांग्रेसको तर्फबाट सानीभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दको चुनावी कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको बताए । ‘हामी पक्रैंयामा चुनावी कार्यक्रमको लागि जादै थियौं,’ उनले भने, ‘उहाँहरुले अवरोध गर्न खोजेपछि यस्तो स्थिति आएको हो ।’ माओवादी केन्द्रको तर्फबाट सोही गाउँपालिकाको अध्यक्षका उम्मेदवार नरबहादुर पुनले भने कांग्रेस कार्यकर्ताको कारण झडपको वातावरण बनेको दावी गरे । ‘हामीले ३ दिन अघि तय गरेको कार्यक्रम हुँदै थियो, त्यसैलाई कांग्रेस कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रतिकारमा उत्रनु परेको हो,’ पुनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments