Incident Reports

तीन दिनदेखि बेपत्ता यादवको शव जलाएको अवस्थामा भेटियो

2017-05-07

Madhes, Parsa, Pokhariya

तीन दिनदेखि घरपरिवारको सम्पर्कबाट बाहिर रहेका एक पुरुषको शव जलाएर फालिएको अवस्थामा मङगलबार फेला परेको छ। गत आइतबार राति घरबाट निस्किएका वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २७ घुर्मीका ४० वर्षिय रामाधार यादवको शव वीरगन्ज पोखरीया सडक खण्डको तिलावे पुल नजिक जलाएर फालिएको अवस्थामा मङगलबार अपरान्ह भेटिएको हो। तिलावे पुल नजिकै रहेको कुहडी स्थित बहुदरामाई मन्दिरको छेउमा जलाएर फालिएको अवस्थामा यादवको शव मङगलबार अपरान्ह फेला परेको हो। खेत तिर निस्किएका स्थानीयले मन्दिर छेउको खोलामा शव जलाएर फालेको अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेको र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको एक टोली शव भेटिएको स्थानमा पुगेर अनुसन्धान गइरहेको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताउनु भयो। शव भेटिएको स्थानमा पुगेका पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मन्दिर छेउको खोला नजिक शव पूर्ण रुपमा जलाएर अवस्थामा भेटिएको बताउनु भयो। जलाएको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको उहाले जानकारी दिनु भयो। गत आइतवार कसैले मोबाइलमा फोन गरेर वीरगन्ज आउन भनेपछि घरबाट निस्किएका यादव त्यही दिनदेखि सम्पर्क बिहिन भएको र मङगलबार उनको शव जलाएर गाडिएको अवस्थामा फेला परेको यादवका आफन्तजनले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports