Incident Reports

Rape Attempted on Minor Girl

2013-05-20

Bardiya/May 18 Three youths in inebriated condition allegedly have tried to rape a 13-year-old girl of Gulariya on May 17. The girl, who was returning home from local shop in the evening with her younger sister, was handled by locals Sunil Chaudahry, Panchu Chaudhary and Ramjane Chaudhary at around 6 pm, she said. The younger sister informed that the men threatened to kill her if she raised voice for help while two of them manhandled the girl and one kept a watch. Their attempt was foiled when a neighbour woman saw them and the trio fled. The girl’s grandmother said that she found out about the incident after the girl was carried home by two villagers. The family informed the police soon after learning about it and the police have managed to arrest one of the accused Sunil Chaudhary while the other two remain absconding, DSP Yamuna Rajak said. The girl is undergoing treatment at District Hospital, Bardiya. She has sustained serious injuries on neck and chest. The family of the girl said that the families of the accused were exerting pressure to settle the case at village level. Man Bahadur Chaudhary बर्दिया । जेठ ६ गते गुलरियाकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको छ । बालिकामाथि सोही नपा बागेश्वरी फाँटाका मदिरा सेवन गरेका तीन युवकबाट बलत्कारको प्रयास भएको हो । साँझ ६ बजे बहिनीसँग पसलमा चुरोट किनी फर्कने क्रममा बाटो मै छेकेर बलात्कारको प्रयास गरेको पीडित बालिकाले बताएकी छन् । पसलबाट दिदीबहिनी फर्कदै गर्दा मदिरा सेवन गरेका सुनिल चौधरी, पञ्चु चौधरी र रामजाने चौधरीले बलात्कारको प्रयास गरेको पीडित परिवारले आरोप लगाएका छन् । बाटोमा हिड्दै गरेको बेलामा बहिनीलाई हल्ला गरे मारिदिने धम्की दिंदै पीडित बालिकालाई मुख छोपेर बलात्कारको प्रयास गरेको पीडित बालिकाले बताइन् । तीन जनामध्ये दुई जनाले बालिकालाई हातपात गरेको र एक जना वरिपरि हेरेर बसेको बालिकाले बताएकी छन् । केही समयपछि नजिकै घर भएकी एक महिलाले देखेपछि युवाहरू बालिकालाई छोडेर भागेको पीडित बालिकाले बताएकी छन् । बालिकाकी हजुरआमाका अनुसार गाउँकै दुई जनाले उद्धार गरेर राति ८ बजे घर ल्याइदिएका थिए । उनले भनिन् नातिनीलाई घरमा दुई जनाले बोकेर ल्याएपछि मात्र घटनाको बारेमा थाहा भयो । घटनाको जानकारी पाउनासाथ पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीले बलात्कार प्रयासको आरोप लागेकामध्ये सुनिल चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी यमुना रजकले बलात्कार प्रयासको आरोप लागेका तीन जना युवाहरूमध्ये एक जना पक्राउ परेको र बाँकीको जनाको खोजी भइरहेको बताए । पीडित बालिकाको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । बालिकालाई घाँटी र छातिमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्यकर्मीका अनुसार बालिकाको शरीरमा भित्री चोट के कस्तो परेको छ भन्ने थप जाँचपछि मात्र पत्ता लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । यता, पीडित परिवारलाई घटनाको खुलासा नगर्न र कानुनी प्रक्रियामा नलैजान पीडक पक्षले दवाव दिइरहेको छ । “पैसामा मिलाउन खोजिरहेका छन ।“ पीडितकी हजुर आमाले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis