Incident Reports

CPN-M Cadres Loot Food Sent for Integrated Mobile Camp

2013-05-20

Karnali, Mugu, Soru

Mugu/May 18 The cadres of CPN-M, on May 17, have looted five quintals of rice sent to Soru Kot area of the district for the integrated mobile camp beginning from May 18. The rice, being taken to the area on mules, was looted with an intention of disrupting the camp. The camp, organized to provide all the government serices to the people in the village, was announced with the consensus of all political parties. A team of 32 policepersons led by Inspector Dinesh Bhandari of District Police Office and heads of the government offices had left for the area on May 17. Earlier the team was supposed to distribute the voter’s photo ID cards in other areas but was suspended after the CPN-M protested. When the police learnt that the CPN-M was going to disrupt all work of the mobile team and not only the distribution of voter’s ID, the police had added the security personnel in the team. Jeevan Sejuwal मुगु । जेठ ४ गते सरकारी कार्यलयबाट प्रवाह हुने सेवा ग्रामिण क्षेत्रमा पुर्‍याउने उदेश्यले जिल्लाको ग्रामीण भेग सोरु कोटमा ०७० जेठ ५ गतेदेखि संचालन हुने एकीकृत घुम्ती शिविरमा अवरोध गर्ने भन्दै नेकपा माओवादीले ०७० जेठ ३ गते शिविरमा जाने कर्मचारीका लागि लगिएको पाँच क्वीन्टल चामल लुटेका छन् । जिल्लाका विभिन्न भागमा सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा वितरणका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गर्नका लागि सबै राजनीतिक दलहरूको सहमतिमा शिविर संचालन भइसकेपनि ०७० जेठ ५ गतेदेखि सोरु भेगका सात गाविसमा सञ्चालन हुने भएपनि नेकपा माओवादीका कार्यकर्ताले चामल लुम्ला काँधबाट खच्चडमा ढुवानी गरी लैजाँदै गरेको अवस्थामा लुटेर लगेका छन् । नेकपा माओवादीका जिल्लाका कार्यकर्ता अवरोध पुर्‍याउन सोरुकोटमा पुगेका छन् । घुम्ति शिविर सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको संयोजन र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश भण्डारीको नेतृत्वमा ३२ जना सुरक्षाकर्मीसहित जिल्लाका सरकारी कार्यालयका प्रमुखसहित अन्य कर्मचारी त्यस क्षेत्रतर्फ जेठ ३ गते हिडेका थिए । यसअघि, अन्य भेगमा सम्पन्न भएका शिबिरमा नेकपा माओवादीले फोटोसहितको मतदाता नामवली संकलन गर्न नपाउने भनी सर्वदलीय बैठकमा कुरा उठाएपछि शिविरमा फोटोसहितको मतदाता कार्य रोकी अन्य सबै सेवा प्रदान गरिएका थिए । यस पटक नेकपा माओवादीले सबै कार्यमा अवरोध गर्ने जानकारी बाहिर आएपछि सुरक्षाकर्मी थपिएको थियो । जिल्लाका खत्याड, करान, भेगमा कुनै अवरोध बिना नै शिविर सम्पन्न भइसकेका छन् भने गम भेग सदरमुकाम नजिकको क्षेत्र भएकाले शिविर संचालन गरिएको छैन । जिवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis