Incident Reports

Woman Rescued from Possible Trafficking | बेचविखनको आशंकामा रानी भन्सार नाकाबाट एक युवतीको उद्धार |

2013-05-19

Morang/May 20 Sunita Shrestha, 21, of Duwagadhi VDC-8 in Jhapa district has been rescued by the police at Rani Custom point in Biratnagar Sub-Metropolice-22 on May 19. The police suspected that she was being trafficking into India. ASI Bhagwati Neupane of Women and Children Service Centre (WCSC) informed that she was being kept at District Police Office. Shrestha said that Ramesh Bhujel, 27, of Thoksila VDC-5 in Udaypur district was taking her to his aunt’s home in India with a promise of marriage. Bhujel has also been held along with Shrestha and being kept at Rani Area Police Office. SI Gopal Karki of the APO informed that the police had launched an investigation. While Shrestha is a grade XII student, Bhujel is said to be illiterate. Dipen Neupane मोरङ । जेठ ६ गते झापा जिल्ला दुवागडी गाविस-८ की २१ वर्षीया सुनिता श्रेष्ठलाई बेचविखन गर्न भारत लाँदै गरेको आशंकामा प्रहरीले विराटनगर उमनपा-२२ स्थित रानी भन्सार नाकाबाट ०७० जेठ ५ गते उद्धार गरेको छ । उद्धारपछि पीडितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको महिला तथा बालबालिका सेवा केन्द्रकी असई भगवती न्यौपानेले बताइन् । आरोपितले पीडितलाई विवाह गर्छुभनी ललाइ फकाइ भारतमा सानीआमाको घरमा राख्न लगेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् । सो घटनामा संलग्न भएको आरोपमा उदयपुर जिल्ला ठोक्सिला गाविस-५ का २७ वर्षीय रमेश भुजेललाई प्रहरीले रानी भन्सार नाकाबाटै पीडितको उद्धारसँगसँगै गिरफ्तार गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानी सई गोपाल कार्कीले बताए । पीडित कक्षा-१२ मा अध्ययनरत छिन् भने आरोपित निरक्षर रहेको प्रहरीले बताएको छ । दीपेन नेउपाने

0 Comments