Incident Reports

Annapurna: Clash between Maoist Center and Naya Shakti in Gorkha

2017-05-11

Gandaki, Gorkha, Sahid Lakhan

Clash between cadres of Maoist Center and Naya Shakti erupted on Thursday night in Namjung of Lakhan rural municipality. Arjun Shrestha, cadre of Naya Shakti has been injured in the clash. According to Ram Kumar Shrestha, Naya Shakti's candidate for ward chairperson, some motorcycles were also vandalized during the clash. Each party claims that the other started the violence. निर्बाचनको प्रचारप्रसार गर्न नपाइने (सुन्य)समय सुरु हुन लाग्दा गोरखामा प्रचार प्रसारको क्रममा झडप भएको छ । बिहिबार राती आठबजेतिर सहिद लखन गाउँपालिकाको नाम्जुङमा माओवादी कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताबीच बिबादपछि झडप भएको दुवै पक्षधरले बताएका छन् । झडपमा नयाँ शक्तिका अर्जुन श्रेष्ठ घाइते भएको सोही टोलीमा सहभागी वडा अध्यक्षका उम्मेद्वार रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘हात जोडेर कुटपिट नगर्नु भन्दा पनि नमानी कुटे, तीनचारवटा मोटरसाइकल पनि तोडफोड भयो' उहाँले भन्नुभयो ‘हाम्रा साथीहरु भागाभाग गरेर ज्यान जोगाए ।' तर माओवादी केन्द्रका कार्यकर्ताले भने सुरुमा नयाँ शक्तिले हात छोडेको दाबी गरेका छन् । सामान्य विवाद हुँदा सुरुमा नयाँ शक्तिका युवाहरुले कुटेकाले प्रतिकार गरेको सो टिमको नेतृत्व गरेका खड्क श्रेष्ठले बताउनुभयो । ‘कुटपिट हुन थालेपछि उनीहरु भागे । आक्रोशमा हाम्रा साथीहरुले मोटरसाइकल पल्टाइदिएका हुनसक्छन्' उहाँले भन्नुभयो– ‘उनीहरुले पनि हाम्रो साथीहरुको मोटरसाइकल पल्टाइदिएका छन् ।' संयमित रहन आग्रह गर्दागर्दै दुर्घटना हुन गएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले भने सामान्य घटना भएको जानकारी आए पनि विस्तृत बिबरण बुझ्न बाँकी रहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments