Incident Reports

Former CA Member Murdered

2013-05-20

Saptari/ May 21 A former CA member, Sadarul Miya Haque, 55, of Bisanpur Kalyanpur VDC-2 has been murdered by an unidentified group of people using a sharp weapon on the night of May 20. The owner of Huma Oil Traders and a former parliamentarian Haque’s blood bathed body was recovered by his family from the second floor of his house located near the petrol pump in the morning of May 22 around 8:30 am. Haque attended the marriage ceremony of his neighbor Rameshor Sah’s daughter the previous night and came back to his room, riding his motorbike with a number plate SA 2 PA 8583. The family member searched and found his dead body after he did not return home. The deceased sustained a hand injury, according to SI Badan Pradhan of Area Police Office, Rupani. Haque might have retaliated the assailants before being murdered, police said. The purpose of murder is not clear yet. The agitating locals protested and closed the market and highway around Rajbiraj against the murder. Policemen have been deployed around the incident site. Deceased Haque was elected as an independent candidate of the dissolved CA from area no 5 of Saptari. Manohar Pokhar सप्तरी । जेठ ७ गते कल्याणपुर गाविस-२ विसनपुर निवासी ५५ वर्षीय शदरुलमियाँ हकको ०७० जेठ ६ गते राति अज्ञात समूहले हत्या गरेको छ । खोजपुर गाविस-७ स्थित हुमा आयल ट्रेर्डसका मालिक तथा विगठित संविधानसभाका सभासद् समेत रहेका हकका लास उनकै पेट्रोल पम्पनजिकै रहेको उनको घरको दोश्रो तलामा घाँटीमा धारिलो हतियारले रोपेर हत्या गरेको अवस्थामा ०७० जेठ ७ गते बिहान ८ः३० बजे परिवारका सदस्यहरूले फेला पारेका थिए । छिमेकी रामेश्वर शाहकी छोरीको विहेको भोज खाएर पेट्रोल पम्पमा राति स २ प ८५८३ नं को मोटरसाइकल चडेर सुत्न गएका हक आज बिहान अवेरसम्म घर नआएपछि परिवारले उनको खोजी गर्दा उनलाई मृत फेला पारेका हुन् । मृतकको हातमा पनि चोटपटक रहको इलाका प्रहरी कार्यालय रुपनीका सई बदन प्रधानले बताए । हकको भिडन्तमा मृत्यु भएको आशंका प्रहरीले गरेको छ । हत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यापछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम लोकमार्ग विभिन्न ठाउँमा अवरुद्ध पारेका छन् भने राजविराजमा बजार बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । नेपाल प्रहरीका एसपी संजयसिंह बस्नेत र सशस्त्र प्रहरीका एसपी बेचन यादवको नेतृत्वमा घटनास्थलमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतक हक विगठित संविधानसभाको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेद्ववारका रुपमा विजयी भएका थिए । मनोहर पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis