Incident Reports

Arrested on Charge of Hostage and Abduction

2013-05-21

Province 1, Morang, Rangeli

Morang/ May 21 Police have arrested Sumit Kumar Shah Alias Sonu, 25, in Biratnagar on charge of abducting and keeping a girl from Babiyabirta VDC hostage. According to the police spokesperson DSP Deepak Pokharel of District Police Office, the girl was abducted by the group of 5-6 people on May 10 from Devkota Chok in Biratnagar Sub-metropolise-11 while she was on the way to Biratnagar Bus Park. After the abduction, the girl was taken into hostage in Farbisjung and Puniya of India for some days. The police were able to rescue the victim on May 19 from Biratnagar Sub-metropolis-14. Dipen Neupane मोरङ । जेठ ७ गते बवियाबिर्ता गाविसकी एक युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा विराटनगर उमनपा-१४ का २५ वर्षीय सोनु भनिने सुमितकुमार साहलाई ०७० जेठ ६ गते विराटनगरबाटै प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक पोखरेलका अनुसार आरोपितसहितका पाँच छ जनाको समूहले विवाह गर्ने भनी ०७० वैशाख २७ गते बबियाबिर्ता गाविसबाट सर्लाही जिल्लास्थित कमैया जाने क्रममा केवल रायमाझीसँग रहेकी संगिनीलाई विराटनगर उनपा-११ स्थितहाटखोलाबाट रिक्सा चढी विराटनगर बसपार्क जाने क्रममा विराटनगर-११ देवकोटा चोकबाट अपहरण गरी बेपत्ता बनाएका थिए । अपहरणपछि सो समूहले पीडितलाई भारतको फार्विसगंज र पुर्नियाँ समेतमा लगी बन्धक बनाएको थियो । प्रहरीद्वारा खोजतलास भइरहेको भन्ने थाहा पाइ विवाह गर्ने बहानामा पीडितलाई विराटनगर ल्याएको अवस्थामा ०७० जेठ ५ गते विराटनगर उमनपा-१४ बाट प्रहरीले उद्धार गरेको थियो । दीपेन नेउपाने

0 Comments