Nepal Army's bomb disposal squad on Saturday defused a pressure cooker bombs in Dhangadi Sub- Metropolitan City.
A presser cooker bomb was found at Traffic Chauraha Bazaar in Dhangadi inside a jute bag .
According to Bir Bahadur Budhamagar of the District Police Office, Kailali, the authorities suspect that the Netra Bikram Chand-led CPN Maoist cadres might have planted the bombs.
Transportation has resumed at the marketplaces after the bombs were defused.
धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको हो ।
बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।
बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।
धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।